News Portal

दुर्गा प्रसाईंको चेतावनी: राजाले राप्रपाबाट आशा राख्नुपर्दैन

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाडौं, चैत्र ६ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरू राजेन्द्र लिङ्देन र धवल शम्शेर राणालाई हिन्दु अधिराज्य र राजसंस्थाको मुद्दाबाट पछि हट्न चेतावनी दिएका छन्।

आफ्नै युट्युब च्यानलमार्फत प्रसाईंले लिङ्देन र राणालाई लक्ष्य गर्दै भने, “राजसंस्थाको एजेन्डा उठाउने हामी नै हौं। राजा सडकमा आउनु हाम्रो पहलको नतिजा हो, नत्र उहाँ केवल मन्दिरसम्म सीमित हुनुहुन्थ्यो।”

राप्रपा नेतृत्वमाथि आक्रोश

प्रसाईंले राप्रपामाथि आरोप लगाउँदै भने, “तपाईंहरू मन्त्री खान मात्र चाहनुहुन्छ, तर राजा र हिन्दु अधिराज्यको नाम लिने? साँच्चै नै राजसंस्थाका पक्षधर हुनुहुन्छ भने सांसद पद त्यागेर सडकमै आउनुस्। नत्र जनताले तपाईंहरूलाई पत्याउने छैनन्।”

उनले ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा राजसंस्था फर्कने सम्भावनाबारे टिप्पणी गर्दै भने, “राजाले यस्ता नेताहरूबाट कुनै आशा राख्नुपर्दैन। पशुपति शम्शेर निदाइरहेका थिए, प्रकाशचन्द्र लोहनी कार्यक्रममा निष्क्रिय थिए, विक्रम पाण्डे बीचमै हिँडेर बाहिर निस्किए। यस्तो नेतृत्वबाट परिवर्तन सम्भव छैन।”

व्यवस्था परिवर्तनको दाबी

प्रसाईंले गणतन्त्रको विकल्प खोज्ने जनलहर तीव्र गतिमा अघि बढिरहेको दाबी गरे। “प्रचण्डलाई १२ वर्ष लाग्यो, केपी ओलीलाई ४० वर्ष लाग्यो, हामीलाई जम्मा तीन वर्ष हुँदैछ। लाखौं जनता सडकमा उत्रिन तयार छन्, चैत १५ गते काठमाडौंमा आन्दोलन सुरू गर्दैछौं।”

उनले पूर्वराजा ज्ञानेन्द्र शाह पनि आफ्नो विचारमा सहमत रहेको दाबी गर्दै भने, “राजाले साथ दिएकाले नै पानसमा दियो बालेर कार्यक्रम गरिएको हो।”

राप्रपासँग सहकार्य असम्भव?

राप्रपाले चैत १२ गते आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको छ। तर प्रसाईंले राप्रपालाई अवसरवादी बताउँदै कटाक्ष गरे, “पहिले राजसंस्थाको एजेन्डा छाड्ने, अब मौका देखेपछि हाम्रै मुद्दा आफ्नो भन्दै अघि बढ्ने? यस्तो चलखेल सह्य छैन।”

उनले थपे, “म कसैको गोठालो होइन। यदि संघर्ष गर्नुपर्छ भने राजासँग गर्छु, सत्ता नजिक जान चाहनेहरूसँग होइन।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...