News Portal

नाइट क्लबमा भीषण आगलागी, ५९ को मृत्यु, १५५ जना घाइते, १५ जना पक्राउ

उत्तरी म्यासेडोनियाको कोकानीस्थित ‘पल्स क्लब’ मा आइतबार बिहान भएको आगलागीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै १५ जनालाई पक्राउ गरेको छ।

हिमालीसंचार संवाददाता
१७० पटक

दक्षिणी यूरोप – उत्तरी म्यासेडोनियाको कोकानीस्थित ‘पल्स क्लब’ मा आइतबार बिहान भएको आगलागीमा कम्तीमा ५९ जनाको ज्यान गएको छ भने १५५ जना घाइते भएका छन्। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै १५ जनालाई पक्राउ गरेको छ।

स्थानीय समयअनुसार बिहान २:३० बजे क्लबमा आगलागी भएको थियो। सो समयमा चर्चित हिपहप ब्याण्ड डीएनके को कन्सर्ट चलिरहेको थियो, जसमा करिब ५ सय दर्शक उपस्थित थिए। आगलागी हुँदा क्लबभित्र भागदौड मच्चिएको थियो, जसले उद्धार कार्यलाई जटिल बनायो।

उत्तरी म्यासेडोनियाका आन्तरिक मामिला मन्त्री पेन्स तोस्कोभ्स्कीले घटनाबारे अनुसन्धान जारी रहेको बताए। प्रारम्भिक रिपोर्टअनुसार क्लबसँग आवश्यक कानुनी अनुमति थिएन। साथै, आगलागीको सम्भावित कारणमा घुस र भ्रष्टाचारको संलग्नता हुन सक्ने आशङ्का गरिएको छ।

यस दुर्घटनापछि स्थानीय प्रशासनले थप अनुसन्धान थाल्न आदेश दिएको छ भने घाइतेहरूको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...