News Portal

उत्तर म्यासेडोनियाको नाइट क्लबमा भीषण आगलागी, ५१ जनाको मृत्यु

उत्तर म्यासेडोनियाको नाइट क्लबमा गएराति भीषण आगलागीमा परी ५१ जनाले ज्यान गुमाएका छन् भने सयभन्दा बढी घाइते भएका छन्।

हिमालीसंचार संवाददाता
१८३ पटक

दक्षिणी यूरोप – उत्तर म्यासेडोनियाको पूर्वी सहर कोकानीस्थित ‘पल्स नाइट क्लब’ मा गएराति भएको आगलागीमा परी ५१ जनाले ज्यान गुमाएका छन् भने सयभन्दा बढी घाइते भएका छन्।

स्थानीय समयअनुसार राति २:३५ बजे क्लबमा आगलागी सुरु भएको थियो। उत्तरी म्यासेडोनियाका गृहमन्त्री पन्चे तोश्कोभ्स्कीले पत्रकार सम्मेलनमा उक्त घटनाको पुष्टि गर्दै घाइतेहरूको उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताए।

घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार क्लबमा स्थानीय ब्यान्डको प्रस्तुति चलिरहेका बेला आतिशबाजी गरिएको थियो। सोही आतिशबाजीकै कारण क्लबको छतमा आगो लागेको र त्यसपछि तीव्र रूपमा फैलिएको अनुमान गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११८ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ। घाइतेहरूको उद्धार कार्य जारी रहेको र उपचारका लागि अस्पतालहरूमा आपतकालीन सेवा सञ्चालन गरिएको बताइएको छ।

अधिकारीहरूका अनुसार क्लब रहेको भवन निकै पुरानो थियो, जसमा यसअघि कार्पेट उद्योग सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...