News Portal

दक्षिणी अमेरिकामा आँधीको त्रास, ३३ को मृत्यु, हजारौं प्रभावित

अमेरिकाका दक्षिणी राज्यहरूमा आएको शक्तिशाली आँधीका कारण कम्तिमा ३३ जनाको मृत्यु भएको छ।

हिमालीसंचार संवाददाता
२९१ पटक

अमेरिकाका दक्षिणी राज्यहरूमा आएको शक्तिशाली आँधीका कारण कम्तिमा ३३ जनाको मृत्यु भएको छ। शुक्रबारदेखि सुरू भएको यो प्राकृतिक विपत्तिले शनिबार झन् उग्र रूप लिँदा जनधनको ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रोयटर्सका अनुसार आँधीले मिसौरीमा १२, कन्सासमा ८, अर्कन्सासमा ३, मिसिसिपीमा ६, टेक्ससमा ३ र ओक्लाहोमामा १ जनाको ज्यान लिएको छ। प्रभावित क्षेत्रहरूमा उद्धार कार्य तीव्र पारिएको छ, तर मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

शनिबार आएको आँधीले दक्षिणपूर्वी राज्यहरूमा व्यापक क्षति पुर्याएको छ। करिब २ लाख ४० हजार घरमा विद्युत् आपूर्ति बन्द भएको थियो, जसमा अहिले पनि १४ हजार घर अन्धकारमा रहेको CNN ले जनाएको छ।

मध्य मिसिसिपी, पूर्वी लुसियाना र पश्चिमी टेनसिसलगायतका क्षेत्रमा मौसम अझै खतरनाक बनेको छ। अमेरिकी राष्ट्रिय मौसम सेवाले ती क्षेत्रमा बाढीको उच्च जोखिम रहेको चेतावनी जारी गरेको छ। उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।

 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...