News Portal

नौ महिनादेखि अन्तरिक्षमा रहेका सुनिता विलियम्स पृथ्वी फर्किने तयारीमा

अन्तरिक्षमा नौ महिनादेखि रहँदै आएकी भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोर छिट्टै पृथ्वी फर्कने भएका छन्।

हिमालीसंचार संवाददाता
२९८ पटक

वासिङ्टन डिसी – अन्तरिक्षमा नौ महिनादेखि रहँदै आएकी भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोर छिट्टै पृथ्वी फर्कने भएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले उनीहरूलाई सुरक्षित रूपमा फिर्ता ल्याउने तयारी गरेको छ।

नासाका अनुसार, मार्च १९ अघि उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वी फर्काउने योजना छ। यसका लागि मार्च १४ को साँझ ७:०३ बजे स्पेसएक्सको क्रू-१० यान प्रक्षेपण गरिनेछ। प्रक्षेपण सफल भएमा सुनिता र विल्मोर पृथ्वीमा अवतरण गर्नेछन्।

यसअघि, बिहीबारको लागि तय गरिएको प्रक्षेपण अन्तिम समयमा स्थगित गरिएको थियो। प्रक्षेपणको तयारी भइरहेका बेला ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्मको हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि नासाले प्रक्षेपण स्थगित गर्नुपरेको थियो।

प्राविधिक समस्या भएपछि अन्तरिक्षमा बसाइ लम्बियो

सुनिता र विल्मोर २०२४ को जुन ५ मा बोइङ स्टारलाइनर यानमार्फत आईएसएसमा गएका थिए। आठ दिनको मिसनका लागि पठाइएका उनीहरू प्राविधिक समस्याका कारण अन्तरिक्षमा लामो समय बस्न बाध्य भए।

स्टारलाइनरले पहिलो पटक अन्तरिक्ष यात्री बोकेर आईएसएसमा पुगेको थियो। तर, पृथ्वी फर्कने क्रममा यानमा गडबडी देखिएपछि स्टारलाइनर रित्तै पृथ्वी फिर्ता पठाइयो, भने सुनिता र विल्मोरलाई आईएसएसमै रहनुपर्यो।

अब, यदि स्पेसएक्सको क्रू-१० मिशन योजना अनुसार सफल भयो भने, अन्तरिक्षमा नौ महिनादेखि रहेका यी दुई अन्तरिक्ष यात्री छिट्टै पृथ्वी फर्किनेछन्।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...