News Portal

नौ महिनादेखि अन्तरिक्षमा रहेका सुनिता विलियम्स र बुच विल्मोरको फिर्ती यात्रा पुनः स्थगित

नौ महिनादेखि अन्तरिक्षमा रहेका सुनिता विलियम्स र बुच विल्मोरको फिर्ती यात्रा पुनः स्थगित भएको छ।

हिमालीसंचार संवाददाता
२३८ पटक

फाल्गुन २९, वासिङ्टन डिसी – अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (ISS) मा नौ महिनादेखि रहेका अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई पृथ्वीमा फर्काउने योजना फेरि स्थगित भएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र एलन मस्कको स्पेसएक्सले संयुक्त रूपमा सञ्चालन गरिरहेको “क्रू-१०” मिशन प्राविधिक समस्याका कारण रोकिएको हो।

नासाका अनुसार, फाल्कन-९ रकेटमार्फत फ्लोरिडाबाट प्रक्षेपण गरेर यी दुई अन्तरिक्ष यात्रीलाई फिर्ता ल्याउने तयारी थियो। तर, ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्मको हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि मार्च १२ का लागि तय गरिएको प्रक्षेपण स्थगित गरिएको छ। अब अर्को सम्भावित प्रक्षेपण मिति मार्च १५ बिहान ५:११ (नेपाली समय) तोकिएको छ।

२८० दिनदेखि अन्तरिक्षमा अलपत्र

सुनिता विलियम्स र बुच विल्मोर २०२४ को जुन ५ मा बोइङको “स्टारलाइनर” यानमार्फत अन्तरिक्ष केन्द्रमा गएका थिए। उनीहरू आठ दिनपछि फर्कने योजना थियो। तर, अन्तरिक्ष यानमा देखिएको प्राविधिक गडबडीका कारण उनीहरूको बसाइ २८० दिनसम्म लम्बिएको छ।

स्टारलाइनर यानले ISS मा डकिङ गर्ने क्रममा हेलियम चुहावट र प्रतिक्रिया नियन्त्रण थ्रस्टरहरूमा समस्या देखिएको थियो। सेप्टेम्बर महिनामा उक्त यान चालक दलबिना नै पृथ्वीमा फर्किएपछि यी अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष केन्द्रमै रहन बाध्य भएका हुन्।

एलन मस्कलाई उद्धारको जिम्मेवारी

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत एलन मस्कलाई यी अन्तरिक्ष यात्रीहरूको उद्धारको जिम्मेवारी लिन आग्रह गरेका थिए। “बाइडेन प्रशासनले उनीहरूलाई अन्तरिक्षमै छोडिदिएको छ। मस्कले चाँडै नै उनीहरूलाई सुरक्षित रूपमा फिर्ता ल्याउनेछन्,” ट्रम्पले उल्लेख गरेका थिए। यसको जवाफमा मस्कले, “हामी यसलाई सुनिश्चित गर्नेछौं,” भनेर प्रतिक्रिया दिएका थिए।

स्टारलाइनरमा सुरुदेखि नै समस्या

बोइङ र नासाको “क्रू फ्लाइट टेस्ट मिशन” अन्तर्गत सुनिता र विल्मोरलाई अन्तरिक्ष केन्द्र पठाइएको थियो। सुनिता स्पेसक्राफ्टकी पाइलट थिइन् भने विल्मोर कमान्डर थिए। उनीहरूको मुख्य उद्देश्य अन्तरिक्ष यानको परीक्षण गर्नु थियो।

तर, प्रक्षेपणदेखि नै स्टारलाइनरमा समस्या देखिएको थियो। लन्चअघि नै पटक-पटक प्रक्षेपण स्थगित गरिएको थियो। अन्तरिक्ष केन्द्रमा पुगेपछि पनि थ्रस्टरमा समस्या देखिएको थियो, हेलियम चुहावट भएको थियो, र केही भल्भहरू ठीकसँग काम नगरेका कारण उनीहरूलाई फिर्ता ल्याउने योजना पटक-पटक स्थगित भएको हो।

हाल नासाले यी अन्तरिक्ष यात्रीहरूलाई सुरक्षित रूपमा फिर्ता ल्याउने जिम्मेवारी स्पेसएक्सलाई दिएको छ। अब सबैको ध्यान मार्च १५ मा हुने सम्भावित प्रक्षेपणमा केन्द्रित छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...