News Portal

घोराहीमा ठूलो परिमाणको चरेस बरामद, तीन जना पक्राउ

दाङको घोराहीमा ठूलो परिमाणको लागू औषध चरेससहित तीन जना पक्राउ परेका छन्।

संगीता गुरुङ
२१७ पटक

दाङ, फाल्गुन २७ – दाङको घोराहीमा ठूलो परिमाणको लागू औषध चरेससहित तीन जना पक्राउ परेका छन्। सुराकीको आधारमा प्रहरीले गरेको अपरेशनमा उनीहरूको साथबाट साढे २९ किलो चरेस बरामद भएको छ।

पक्राउ पर्नेहरू रुकुम पूर्व, भूमे गाउँपालिका–२ खबाङका ४४ वर्षीय फर्कबहादुर घर्ती, ५३ वर्षीय रुपधन घर्ती र ६४ वर्षीय जुनबहादुर पुन रहेको दाङ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार फर्कबहादुरको साथबाट १५ किलो १२३ ग्राम र रुपधनको साथबाट १४ किलो ५७२ ग्राम चरेस फेला परेको छ।

लागुऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी निरीक्षक कविराज रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा, नेपालगन्ज बाँकेको संयुक्त टोलीले सोमबार घोराही–होलेरी सडक खण्डमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह क्षेत्रमा पैदल यात्रा गरिरहेका उनीहरूको साथमा रहेको आलुको बोरा खानतलासी गर्दा चरेस भेटिएको थियो। हाल उनीहरूविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...