News Portal

राजसंस्था पतनको प्रमुख दोषी राप्रपा: दुर्गा प्रसाईं

राजसंस्थाको पुनःस्थापनाका लागि सक्रिय व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था समाप्त हुने प्रमुख कारण नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको दाबी गरेका छन्।

संगीता गुरुङ
२२२ पटक

काठमाडौं, फागुन २७ – राजसंस्थाको पुनःस्थापनाका लागि सक्रिय व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था समाप्त हुने प्रमुख कारण नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको दाबी गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाका नेताहरू कमल थापा र राजेन्द्र लिङ्देनले गणतन्त्र स्थापनामा ठूलो भूमिका खेलेको आरोप लगाए।

प्रसाईंका अनुसार २०७२ सालमा संविधान जारी गर्ने क्रममा यदि कमल थापा र लिङ्देनले हस्ताक्षर नगरेका भए, न राजसंस्था जाने थियो, न हिन्दू अधिराज्य समाप्त हुने थियो। उनले राप्रपाले विगतमा राजसंस्थालाई छाडेर गणतन्त्रको समर्थन गरेको तर अहिले अवसर देखेपछि फेरी राजसंस्थाको पक्षमा देखिन खोजेको बताए।

“हिजो राजसंस्थालाई बगाएर तिलाञ्जली दिनेहरू नै आज धमिलो पानीमा माछा मार्न खोज्दैछन्,” प्रसाईंले भने। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो अभियानको नेतृत्व लिन आग्रह गर्दै भने, “राजाले अब सारथीको भूमिका खेल्नुपर्छ, म अर्जुन बनेर लड्न तयार छु।”

प्रसाईंले आफूले हजारौं युवालाई रोजगारी दिएको बताउँदै आन्दोलनको कुरा गर्नेहरूले के योगदान दिएका छन् भन्ने प्रश्न उठाए। उनले राप्रपाले विगतमा पटक–पटक सरकारमा सहभागी भएर गणतन्त्रको लाभ लिएको आरोप लगाए।

राजसंस्थाका समर्थकहरूबीच पुनः चर्चा चलिरहेका बेला प्रसाईंको यस अभिव्यक्तिले नयाँ बहस निम्त्याएको छ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...