News Portal

काठमाडौँको धुलो हटाउन ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’

हिमाली संचार संवाददाता
५५६ पटक

काठमाडौँ –  महानगरपालिकाले आजदेखि महानगरलाई मुक्त गराउनका लागि ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’को शुरुआत गरेको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको रत्नपार्कबाट शुभारम्भ गर्दै महानगरलाई चाँडै धुलोधुवाँबाट मुक्त गराउने बताए । उनले यसअघि विभिन्न सङ्घ–सस्थाले अलगअलग रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएकाले अव सामूहिक प्रयत्नबाट काठमाडौँलाई सफा र सुन्दर राख्ने बताए ।

प्रमुख शाक्यले उद्घाटन गरेसँगै रत्नपार्कबाट शुरु भएको सडक सरसफाइ अभियान बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्गलसम्म पुगेको थियो । उक्त कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो ।

महानगरको वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले अब हरेक शनिबार महानगरले सरसफाइ कार्यक्रम सञ्चालन गर्ने बताए ।

सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रवद्र्धन गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत्का तार तथा पोलको व्यवस्थापन गर्ने, खानेपानीका पाइप व्यवस्थापन, सडकको ढल तथा सतही ढल व्यवस्थापनसमेत गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...