News Portal

  • एनआरएनएको एकता महाधिवेशन आगामी मे २०२५ भित्र सम्पन्न गर्नैपर्ने

    हिमालीसंचार संवाददाता
    २३५ पटक

    काठमाडौँ। नेपाल सरकारको माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गत ७ मार्च २०२५ (तदनुसार, २०८१ फागुन २३ गते) सिंहदरबारमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबारे उच्चस्तरीय समितिका अध्यक्ष तथा सदस्यहरुसंग महत्वपूर्ण छलफल आयोजना गर्नुभयो।

    बैठकमा उच्चस्तरीय समितिका अध्यक्ष तथा सदस्यहरु सबै १३ जनाको भौतिक तथा भर्चुएलरुपमा उपस्थिति रहेको थियो। उक्त छलफलमा सम्मानित सर्वोच्च अदालतको परमादेशअनुसार तोकिएको समयमा नै एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

    सर्वोच्च अदालतको गत वर्ष चैत २१ गतेको आदेशानुसार उच्चस्तरीय समितिलाई एकता महाधिवेशनको जिम्मेवारी दिइएको थियो।

    सर्वोच्च अदालतको परमादेश तथा परराष्ट्र मन्त्रालयकाे पत्रको आधारमा डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले आगामी मे ३-५ (२०८२ वैशाख २०-२२) मा काठमाडौंमा एकताको महाधिवेशन आयोजना गर्ने घोषणा गरिसकेको छ।

    परराष्ट्र मन्त्रालयद्वारा आयोजित छलफलमा उपस्थित न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव उदयराज सापकोटाले सर्वोच्च अदालतको परमादेश अनुसार नै संघको महाधिवेशन आगामी मे २०२५ भित्र सम्पन्न गर्नुपर्ने कानूनी दायित्व रहेको जानकारी गराउनु भयो।

    यसैगरी, परराष्ट्रसचिव अमृतबहादुर राईले एकताको महाधिवेशन आयोजना गर्नका लागि उच्चस्तरीय समितिलाई मन्त्रालयले सहयोग गरिरहेको जानकारी गराउँदै आवश्यक परे थप सहयोग गर्न मन्त्रालय तयार रहेको समेत बताउनुभयो।

    समितिका अध्यक्ष डा. शेष घलेले समितिले अहिलेसम्म गरेका तयारी तथा निर्णयहरुको बारेमा संक्षिप्त जानकारी गराउँदै सर्वोच्च अदालतको आदेश अनुसार मे १८, २०२५ भित्र महाधिवेशन गराउनैपर्ने बाध्यता रहेको स्पष्ट पार्नु भयो। उहाँले तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्न सबैको साथ र सहयोगका लागि आग्रह गर्नु भयो। बैठकमा उच्चस्तरीय समितिका सदस्यहरूले आ-आफ्नो धारणा राख्नु भएको थियो।

    बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सर्वोच्च अदालतको आदेश पालना गर्ने विषयमा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पार्दै सबै पक्षलाई एकता महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले अदालतको आदेशअनुसार सबै पक्षलाई समेटेर एनआरएनएको एकता महाधिवेशन सम्पन्न गर्न सुझाव दिंदै सरकारको तर्फबाट पूर्ण सहयोग हुने स्पष्ट पार्नु भयो।

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को सदस्य बन्न योग्य सबै एनआरएनहरुलाई जति सक्दो चाडो सदस्यता लिएर वा नवीकरण गरेर मे ३-५, २०२५ मा काठमाडामा आयोजना हुन गैईरहेको एकता महाधिवेशनमा सहभागी बन्न पनि विज्ञप्ति मार्फत उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा हार्दिक अपिल गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...