News Portal

एनआरएनएको एकता महाधिवेशन आगामी मे २०२५ भित्र सम्पन्न गर्नैपर्ने

हिमालीसंचार संवाददाता
२९३ पटक

काठमाडौँ। नेपाल सरकारको माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गत ७ मार्च २०२५ (तदनुसार, २०८१ फागुन २३ गते) सिंहदरबारमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबारे उच्चस्तरीय समितिका अध्यक्ष तथा सदस्यहरुसंग महत्वपूर्ण छलफल आयोजना गर्नुभयो।

बैठकमा उच्चस्तरीय समितिका अध्यक्ष तथा सदस्यहरु सबै १३ जनाको भौतिक तथा भर्चुएलरुपमा उपस्थिति रहेको थियो। उक्त छलफलमा सम्मानित सर्वोच्च अदालतको परमादेशअनुसार तोकिएको समयमा नै एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

सर्वोच्च अदालतको गत वर्ष चैत २१ गतेको आदेशानुसार उच्चस्तरीय समितिलाई एकता महाधिवेशनको जिम्मेवारी दिइएको थियो।

सर्वोच्च अदालतको परमादेश तथा परराष्ट्र मन्त्रालयकाे पत्रको आधारमा डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले आगामी मे ३-५ (२०८२ वैशाख २०-२२) मा काठमाडौंमा एकताको महाधिवेशन आयोजना गर्ने घोषणा गरिसकेको छ।

परराष्ट्र मन्त्रालयद्वारा आयोजित छलफलमा उपस्थित न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव उदयराज सापकोटाले सर्वोच्च अदालतको परमादेश अनुसार नै संघको महाधिवेशन आगामी मे २०२५ भित्र सम्पन्न गर्नुपर्ने कानूनी दायित्व रहेको जानकारी गराउनु भयो।

यसैगरी, परराष्ट्रसचिव अमृतबहादुर राईले एकताको महाधिवेशन आयोजना गर्नका लागि उच्चस्तरीय समितिलाई मन्त्रालयले सहयोग गरिरहेको जानकारी गराउँदै आवश्यक परे थप सहयोग गर्न मन्त्रालय तयार रहेको समेत बताउनुभयो।

समितिका अध्यक्ष डा. शेष घलेले समितिले अहिलेसम्म गरेका तयारी तथा निर्णयहरुको बारेमा संक्षिप्त जानकारी गराउँदै सर्वोच्च अदालतको आदेश अनुसार मे १८, २०२५ भित्र महाधिवेशन गराउनैपर्ने बाध्यता रहेको स्पष्ट पार्नु भयो। उहाँले तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्न सबैको साथ र सहयोगका लागि आग्रह गर्नु भयो। बैठकमा उच्चस्तरीय समितिका सदस्यहरूले आ-आफ्नो धारणा राख्नु भएको थियो।

बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सर्वोच्च अदालतको आदेश पालना गर्ने विषयमा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पार्दै सबै पक्षलाई एकता महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले अदालतको आदेशअनुसार सबै पक्षलाई समेटेर एनआरएनएको एकता महाधिवेशन सम्पन्न गर्न सुझाव दिंदै सरकारको तर्फबाट पूर्ण सहयोग हुने स्पष्ट पार्नु भयो।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सदस्य बन्न योग्य सबै एनआरएनहरुलाई जति सक्दो चाडो सदस्यता लिएर वा नवीकरण गरेर मे ३-५, २०२५ मा काठमाडामा आयोजना हुन गैईरहेको एकता महाधिवेशनमा सहभागी बन्न पनि विज्ञप्ति मार्फत उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा हार्दिक अपिल गरिएको छ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...