News Portal

अब एटीएममै बैंकका कर्मचारीको सम्पर्क नम्बर उपलब्ध

अब एटीएमबाट पैसा झिक्दा कुनै समस्या आएमा सो बैंकका कर्मचारीको नाम र सम्पर्क नम्बर एटीएममै हेर्न सकिने भएको छ।

संगीता गुरुङ
२३७ पटक

फाल्गुन २६, काठमाडौं – अब एटीएमबाट पैसा झिक्दा कुनै समस्या आएमा सो बैंकका कर्मचारीको नाम र सम्पर्क नम्बर एटीएममै हेर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० संशोधन गर्दै यस्तो नयाँ व्यवस्था लागू गरेको हो।

नयाँ निर्देशिकाअनुसार, ग्राहकलाई आवश्यक परेमा सहज रूपमा बैंकसँग सम्पर्क गर्न सकियोस् भनेर एटीएम मेसिनमा बैंकको नाम, ठेगाना र टेलिफोन नम्बर प्रस्ट देखिने गरी उल्लेख गर्नुपर्नेछ। साथै, जानकारी नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउनु अनिवार्य गरिएको छ।

यो व्यवस्थाले ग्राहकको सहजता बढाउने विश्वास राष्ट्र बैंकले गरेको छ। अब कुनै अप्ठ्यारो परेमा ग्राहकले तुरुन्तै सम्बन्धित बैंकका प्रतिनिधिसँग सम्पर्क गर्न सक्नेछन्, जसले बैंकिङ सेवाको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...