News Portal

  • गोकर्णेश्वरमा महिलाको शव फेला, चार जनाले मिलेर बागमतीमा फालेको स्वीकार

    गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमती नदीमा एक महिलाको शव फेला परेको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    संगीता गुरुङ
    २५९ पटक

    फाल्गुन २६, काठमाडौँ – गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमती नदीमा एक महिलाको शव फेला परेको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न चार जनाले शवलाई बोरामा प्याक गरेर नदीमा फालेको स्वीकार गरेका छन्।

    शनिबार मध्याह्न करिब १२ बजे, बागमती नदी किनारमा एक व्यक्ति पूजा गर्न पुगेका थिए। नदीको बीच भागमा पानीमा डुबेको एक ठूलो बोरा देखेपछि उनले ध्यानपूर्वक हेरे र बोरा भित्र मान्छेको हात देखे। यसपछि घटनाबारे जानकारी दिइएपछि प्रहरी घटनास्थलमा पुगेर शव फेला पारे। प्रारम्भिक रूपमा, शव अन्दाजी ३०/३५ वर्षीया महिलाको रहेको अनुमान गरिएको छ, जसमा हत्याको शंका प्रकट गरिएको छ।

    प्रहरीको अनुसन्धानमा चार दिनसम्म कोठामा शव राखिएको र त्यसपछि शवलाई बोरामा प्याक गरेर बागमती नदीमा फालिएको तथ्य खुलासा भएको छ। घटनामा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ, जसमा २५ वर्षीय कैलाश खड्का, २० वर्षीय सुरेश तामाङ, २४ वर्षीय रोशन तामाङ, २० वर्षीया पूजा परियार, पेम्बा तामाङ र एक नाबालक समावेश छन्।

    पक्राउ परेका आरोपितहरूको बयान अनुसार, शव व्यवस्थापनपछि उनीहरू फरार भएका थिए। प्रहरी अनुसन्धानका अनुसार, शवको अवस्था र अन्य प्रमाणबाट यो घटना हत्या हो कि होइन भन्ने कुरामा अझै केही समय लाग्ने जनाएको छ। यस घटनामा संलग्न सबै व्यक्तिहरू ज्याला मजदुरी गर्ने श्रमिकको रूपमा परिचित छन्।

    प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र पोस्टमार्टम रिपोर्टको आधारमा मुद्धा अगाडि बढाइने जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...