News Portal

अदालतको अवहेलना गर्दै बद्री केसी, पूर्व अध्यक्षहरूलाई बोलाएर छुट्टै बैठक गर्दै

हिमालीसंचार संवाददाता
३०२ पटक

फाल्गुन २६, काठमाडौँ – गत शुक्रबार परराष्ट्र मन्त्रालयले बोलाएको बैठकमा कानून तथा परराष्ट्र मन्त्री तथा कानून सचिवले आगामी मे २०२५ भित्रै एनआरएनएनको एकता महाधिवेशन गर्न सुझाव दिएपछि बद्री केसीले संस्थालाई विभाजनतर्फ लैजाने उद्देश्यले छुट्टै बैठक बोलाएका छन्।

सर्वोच्च अदालतको परमादेश र फैसला कार्यान्वयन निर्देशनालयको दोस्रो पत्रको समेत अवज्ञा गर्दै आएका केसीले संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरूलाई पनि गलत जानकारी दिइरहेका छन्। एनआरएनएन उच्चस्तरीय समितिका सदस्य रहेका केसी एक पटक पनि समितिको बैठकमा सहभागी भएका छैनन्। तर, उनी परराष्ट्र मन्त्री आरजु राणा देउवाले गत शुक्रबार मन्त्रालयमा बोलाएको बैठकमा भने सहभागी भएका थिए।

उक्त बैठकमा परराष्ट्र मन्त्री डा. देउवा तथा कानून सचिव उदय राज सापकोटाले सर्वोच्च अदालतको परमादेशअनुसार आउँदो मे महिनाभित्रै एकता महाधिवेशन गर्नु पर्ने बताएका थिए। तर, केसी पक्षले भने अदालतको दोस्रो फैसलाले आफ्नो कार्यसमितिलाई आउँदो अक्टोबरसम्म काम गर्न अनुमति दिएको दाबी गर्दै महाधिवेशन अक्टोबरमा गर्ने अडान राखेका छन्।

तर, कानूनविद्हरूका अनुसार सर्वोच्च अदालतको परमादेशअनुसार मे महिनामा एकता महाधिवेशन सम्पन्न भइसकेपछि अर्को महाधिवेशन गर्ने कुनै औचित्य छैन, र त्यसो गर्नु अदालतको अवहेलना हुनेछ।

“अब सर्वोच्च अदालतको परमादेश बमोजिम मे महिनाभित्रै महाधिवेशन गर्नु अपरिहार्य छ। नेपाल सरकारलगायत बद्री केसी समूहले पनि यो कुरा बुझेका छन्, तर जानीजानी भ्रम फैलाइरहेका छन्,” ती कानूनविद्हरूले भने।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सात दिन भित्र केन्द्रीय कार्यालयको सम्पूर्ण व्यवस्थापन उच्चस्तरीय समितिलाई बुझाउन तथा अदालतको फैसलाको अपव्याख्या नगर्न चेतावनी दिएको थियो। तर, केसी समूहले केन्द्रीय कार्यालयको ताला-चाबी नबुझाउने अडान राख्दै अटेर गरिरहेको छ। उनको यस्तो क्रियाकलापलाई सर्वोच्च अदालतको अवहेलनाको रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...