News Portal

भीरबाट खसेर कर्णाली नदी किनारमा मृत्यु, उद्धार कार्य चुनौतीपूर्ण

कर्णाली नदीमा माछा मार्न गएका एक व्यक्तिको भीरबाट खसेर मृत्यु भएको छ।

संगीता गुरुङ
१४८ पटक

फाल्गुन २६, बाजुरा – कर्णाली नदीमा माछा मार्न गएका एक व्यक्तिको भीरबाट खसेर मृत्यु भएको छ।

स्वामीकार्तिक खापर गाउँपालिका-२, फयल गाउँका करिब ४० वर्षीय पुसे भण्डारी आइतबार साँझ भीरबाट लडेपछि घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टि गरेको छ।

प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार भण्डारी भीरबाट खस्दा कर्णाली नदी किनारमा पुगेका छन्। तर शव रहेको स्थानसम्म पुग्न कठिन भइरहेको छ। उद्धारका लागि प्रहरी चौकी जुद्दी र इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षक लोकराज अवस्थी नेतृत्वको टोली परिचालन गरिएको छ।

शव नदीको पारीपट्टी अड्किएको हुँदा प्रहरी टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ। हाल बोट वा ट्युबको सहायताले उद्धार कार्य अघि बढाउने प्रयास भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...