News Portal

भीरबाट खसेर कर्णाली नदी किनारमा मृत्यु, उद्धार कार्य चुनौतीपूर्ण

कर्णाली नदीमा माछा मार्न गएका एक व्यक्तिको भीरबाट खसेर मृत्यु भएको छ।

संगीता गुरुङ
१७७ पटक

फाल्गुन २६, बाजुरा – कर्णाली नदीमा माछा मार्न गएका एक व्यक्तिको भीरबाट खसेर मृत्यु भएको छ।

स्वामीकार्तिक खापर गाउँपालिका-२, फयल गाउँका करिब ४० वर्षीय पुसे भण्डारी आइतबार साँझ भीरबाट लडेपछि घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टि गरेको छ।

प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार भण्डारी भीरबाट खस्दा कर्णाली नदी किनारमा पुगेका छन्। तर शव रहेको स्थानसम्म पुग्न कठिन भइरहेको छ। उद्धारका लागि प्रहरी चौकी जुद्दी र इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षक लोकराज अवस्थी नेतृत्वको टोली परिचालन गरिएको छ।

शव नदीको पारीपट्टी अड्किएको हुँदा प्रहरी टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ। हाल बोट वा ट्युबको सहायताले उद्धार कार्य अघि बढाउने प्रयास भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...