News Portal

हास्य कलाकार विशाल नेपाल सुर्खेती प्रवासबाटै अब निर्देशनमा उदाउदै !

हिमाली संचार संवाददाता
२१३९ पटक

काठमाडौं : कलाकार शब्द नै आफैमा काफी छ। ब्यक्तिमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनु कलाकारको मुख्य कर्म हो। बहुप्रतिभाका धनी कलाकार विशाल नेपाल सुर्खेतीले दर्जन भन्दा बढि लोक गीतका शब्द लेखिसकेका छन। केही गीतमा त झनै आवाज पनि भरेका छन भने केही गीतमा अभिनय पनि गरेका छन।

हालै मात्र सोनिया तामाङ्ग र विशाल नेपाल सुर्खेतीले लेखेको “छोड्नै पर्ने भो, तिम्रो मेरो माया जति गाढा भएनी तोड्नै पर्ने भो” बोलको लोक दोहोरी गीतको आफैले निर्देशन गरेका छन। सुर्खेतको सिम्ता जन्मिएका बहुप्रतिभाशाली कलाकार विशाल चर्चित हास्य टेलिशृखला मेरीबास्सैका कलाकार पाँडेको जस्तै दुरुस्तै क्यारीकेचर गर्छन।

सोनिया तामाङ्ग र गायक झलग सङ्गितमको आवाजमा रहेको उक्त गीतको लय प्रेम सिंह ठकुरीले गरेका छन। मोडेल माइकल सोनि, पुष्पा थापा र ललित पि.आर.ले अभिनय गरेको गीतको भिडियो भारतको गुजरात राज्यको जामनगरका विभिन्न स्थानमा छाँयाङकन गरिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...