News Portal

कपिलवस्तुमा स्रोत नखुलेको २८ लाख ९० हजारसहित चार जना पक्राउ

कपिलवस्तुको वाणगंगा नगरपालिका–४, जितपुरमा प्रहरीले स्रोत नखुलेको ठूलो मात्रामा रकमसहित चार जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२१३ पटक

फाल्गुन २३, कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नगरपालिका–४, जितपुरमा प्रहरीले स्रोत नखुलेको ठूलो मात्रामा रकमसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार अर्घाखाँचीका गोविन्द विक, कपिलवस्तुको मायादेवी गाउँपालिका–८ का सोमनाथ कसौधन, रुपन्देहीका वसन्त खरेल र कपिलवस्तु नगरपालिका–११ का शेषनारायण गिरीलाई नियन्त्रणमा लिइएको छ।

जितपुरस्थित केसी फेन्सी स्टोरमा निगरानीको क्रममा गोविन्द विकको साथबाट ९ लाख भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, सोमनाथ कसौधनको साथबाट १४ लाख नेपाली रुपैयाँ बरामद भएको छ। अन्य दुई जना उनीहरूसँगै रहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीले बरामद रकमको स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, रुपन्देही पठाइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...