News Portal

उदयपुरमा जीपको ठक्करबाट दुई बालिकाको मृत्यु

उदयपुरको गाईघाटमा जीपको ठक्करबाट दुई जना बालिकाको ज्यान गएको छ।

संगीता गुरुङ
२५२ पटक

फाल्गुन २३, उदयपुर – गाईघाटमा जीपको ठक्करबाट दुई जना बालिकाको ज्यान गएको छ। त्रियुगा बसपार्क जाने सडकखण्डमा बिहीबार साँझ भएको उक्त दुर्घटनामा सप्तरी, राजविराज घर भई हाल गाईघाटमा बसोबास गर्दै आएका दिदीबहिनीको मृत्यु भएको हो।

प्रहरीका अनुसार डिएमगेट नजिक सडक किनारमा उभिरहेका १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासलाई प्रदेश १-०५–००१ च ०९२ नम्बरको जीपले ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमै मृत्यु भएको थियो भने देवीकुमारीलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिए पनि बचाउन सकिएन।

घटनापछि प्रहरीले जीपका चालक, त्रियुगा नगरपालिका–९ गैरुनका १८ वर्षीय निर्जल कटुवाललाई नियन्त्रणमा लिएको छ। ठक्कर दिने जीप गाईघाटस्थित हिमशिखर फर्निचर उद्योगको रहेको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...