News Portal

प्रधानमन्त्री ओली कोशी प्रदेशसभामा सम्बोधन गर्ने तयारीमा

आगामी फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्।

संगीता गुरुङ
२५३ पटक

फाल्गुन २३, विराटनगर – आगामी फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको हो।

त्यस्तै, मन्त्रिपरिषद्ले गम्भीर रोगका बिरामीहरूलाई वितरण गरिँदै आएको आर्थिक सहयोगअन्तर्गत ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार, यसपटकको वितरणपछि आगामी वर्षदेखि नयाँ विधिबाट सहायता प्रदान गर्ने नीति अपनाइने छ।

प्रदेश सरकारको निर्णयअनुसार, प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटाइने छ भने सचिव पवन कुमार तिम्सिनाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै जिम्मेवारी सम्हाल्ने छन्।

त्यसैगरी, धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध स्थापनाका लागि परामर्श दिने तथा कोशी पर्यटन वर्षका लागि छुट्याइएको बजेटको व्यवस्थापनबारे निर्णय लिइएको मन्त्री भण्डारीले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...