News Portal

प्रचण्डले बालेन शाहको घरमा भने- सबै मिलेर देश बनाउँछौं

तराई-मधेश जागरण अभियानको क्रममा महोत्तरीको एकडारा गाउँपालिका स्थित बालेन शाहको पुर्ख्यौली घरमा प्रचण्ड र अन्य नेताहरू पुगेका छन्।

संगीता गुरुङ
२१६ पटक

बर्दिवास, २२ फागुन २०८१ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरूले तराई-मधेश जागरण अभियानको क्रममा महोत्तरीको एकडारा गाउँपालिका स्थित बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन्।

प्रचण्डले उक्त कार्यक्रमको क्रममा बालेन शाहको घरमा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताए। उनले भने, “यो घरमा आइपुगेको मलाई रमाइलो लागेको छ। बालेन जीले पनि हामीलाई सुनेको होला, हामी सबै मिलेर यो देशलाई अझ राम्रो बनाउनु छ।”

प्रचण्डले माओवादी केन्द्रको योगदानलाई स्मरण गर्दै समावेशी र समानुपातिक अधिकारका मुद्दामा माओवादीको ठूलो भूमिका रहेको बताए। “हजारौंको बलिदान र संघर्षपछि आजको समावेशी अधिकार र समानुपातिक प्रणाली स्थापनामा माओवादीको ठूलो हात छ,” उनले थपे।

कार्यक्रमको आयोजनामा बालेन शाहको पुर्ख्यौली घरमा स्वागत कार्यक्रम राखिएको थियो। यो घर अहिले एकडारा गाउँपालिकाले भाडामा लिएको छ, र मेयर शाहका परिवार यस घरमा बस्दैनन्। मेयर शाहको मुख्य आवास काठमाडौंको सिनामंगल क्षेत्रमा रहेको छ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...