News Portal

फ्रान्सेली प्रधानमन्त्रीद्वारा अमेरिकी सहायता रोक्ने निर्णयको आलोचना

फ्रान्सेली प्रधानमन्त्रीद्वारा अमेरिकी सहायता रोक्ने निर्णयको आलोचना गरेका छन्।

हिमालीसंचार संवाददाता
२९५ पटक

वासिङ्टन डीसी, २१ फागुन – अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने निर्णय गरेपछि फ्रान्सका प्रधानमन्त्री फ्रान्कोइस बायरोले कडा प्रतिक्रिया जनाएका छन्। उनले ट्रम्प प्रशासनको यो कदमलाई ‘असहनीय’ भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

मंगलबार फ्रान्सेली सिनेटलाई सम्बोधन गर्ने क्रममा बायरोले सहायता रोकिनु युक्रेनलाई कमजोर बनाउने र रूसलाई अप्रत्यक्ष रूपमा समर्थन गर्ने कार्य भएको बताए। उनले प्रश्न गरे, “यसरी सहायता रोक्नुको पछाडि ट्रम्पको वास्तविक उद्देश्य के हो?”

बायरोका अनुसार, युक्रेनमाथि दबाब सिर्जना गर्नु अन्यायपूर्ण छ। “यदि रूसले आक्रमण रोकेको खण्डमा मात्र युद्ध समाप्त हुनेछ, तर युक्रेनले आत्मसमर्पण गर्‍यो भने यसको अस्तित्व नै सकिन्छ,” उनले स्पष्ट पारे।

यसअघि पनि बायरोले ट्रम्प प्रशासनको आलोचना गर्दै ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई अपमान गरिएको बताएका थिए। तर, सोमबार राष्ट्रलाई सम्बोधन गर्दै जेलेन्स्कीले सहायता रोकिएको बारे कुनै आधिकारिक जानकारी नपाएको बताएका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनी समकक्षीसँग फोन संवाद गर्दै युक्रेनलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, युक्रेनको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्न फ्रान्सले आफ्नो भूमिका निभाइरहनेछ।

 

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...