News Portal

अवैधानिक रूपमा बसिरहेका ८ नेपालीलाई अमेरिका सरकारले नेपाल फर्कायो

अमेरिका सरकारले अवैधानिक रूपमा बस्दै आएका आठ जना नेपाली नागरिकलाई नेपाल फर्काएको छ।

संगीता गुरुङ
२५२ पटक

काठमाडौं, २१ फागुन – अमेरिका सरकारले अवैधानिक रूपमा बस्दै आएका आठ जना नेपाली नागरिकलाई नेपाल फर्काएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार ती नेपालीहरूलाई लिएर आएको चार्टर विमान आज बिहान १० बजे काठमाडौंमा अवतरण गरेको हो।

विमान अमेरिकाको न्यू ह्याम्पशायरस्थित पोर्ट्समाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको बताइएको छ। अमेरिकामा अवैधानिक आप्रवासीहरूको निष्कासन नीतिअनुसार यी नेपालीहरूलाई स्वदेश फिर्ता गरिएको हो। यसअघि पनि २७ जना नेपालीलाई अमेरिका सरकारले फिर्ता पठाइसकेको छ। हालसम्म यो संख्या ३७ पुगेको छ।

अमेरिकाबाट नेपाल फर्काइएका नेपालीहरूको लागि यसरी चार्टर विमानमार्फत नेपालमै ल्याएर छोड्ने यो पहिलो पटक भएको बताइएको छ। नेपालीहरूलाई छोड्न आएको सोही विमान केही अमेरिकी नागरिकहरूलाई लिएर स्वदेश फर्किने छ।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...