News Portal

सप्तरीमा बस पल्टिँदा ५ जनाको मृत्यु, सबैको सनाखत

हिमाली संचार संवाददाता
६०० पटक

अवधेशकुमार झा
राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा टोलमा रहेको पोखरीमा बस पल्टिँदा ५ जनाको मृत्यु भएको छ । अन्य दुई दर्जनभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ । शुक्रबार राति करिब साढे ८ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालका अनुसार सुनसरीको बराह क्षेत्रबाट फर्केको को १ ख २७९९ नम्बरको तीर्थालु बोकेको बस राजविराज हनुमाननगर पोखरीमा पल्टिएको हो। उनले अहिलेसम्म५ जनाको शव निकालेको पुष्टि गर्दै २२ जनाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको जानकारी दिए। उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या बढ्न सक्ने छ।

मृत्यु हुनेमासप्तरी डाकनेश्वरी ५ की ७० बेचनीदेवी यादव, ६० वर्षीय सिकलादेवी साह, दिनेश रजक, नाम खुल्न नसकेकी उनकी श्रीमती र ठकनी देवी छन्। अस्पताल पुर्‍याइएका २२ घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। सख्त घाइतेलाई धरान र विराटनगर रिफर गर्ने तयारी रहेको अस्पतालले जनाएको छ।

सप्तरीको भुतही डाँक्रेश्वर नगरपालिका २ भूतहीबाट बिहीबार बराह क्षेत्रमा गएको बस शुक्रबार फर्कने क्रममा दुर्घटनामा परेको हो। बसमा करिब ७० जना सवार रहेको अनुमान छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...