News Portal

थापाथलीमा के कारणले मेलम्चीको पाइप फुट्यो?

संगीता गुरुङ
२३९ पटक

फाल्गुन २०, काठमाडौँ – आज बिहान काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा सडक जलमग्न भएको छ। थापाथली चोकबाट नर्भिक अस्पताल हुँदै जाने सहायक सडकमा पानी पसेपछि यातायात अवरुद्ध भएको छ भने केही निजी घरहरूको भुइँतलासम्म पानी भरिएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार पाइप फुट्नुको वास्तविक कारण हालसम्म पत्ता लागेको छैन। प्रारम्भिक जाँचका आधारमा दुई पाइप जोड्ने जोर्नी (ज्वाइन्ट) खुस्किनु मुख्य कारण हुनसक्ने बताइएको छ। पाइपमाथि अन्य पोलिथिन पाइपहरू रहेका कारण विस्तृत जाँच गर्न कठिनाइ भइरहेको छ।

स्थानीय बासिन्दाहरू आकस्मिक रूपमा समस्या झेल्न बाध्य भएका छन्। पानीको बहावले सडक जलमग्न हुँदा आवागमनमा कठिनाइ भएको छ भने केही घरहरूमा पानी पस्दा दैनिक जीवन प्रभावित भएको छ।

काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न प्रयोग गरिएका ‘डक्टाइल आइरन’ (डीआई) पाइप तापक्रम घटबढ हुँदा लिकेज हुने सम्भावना बढी हुने विज्ञहरूले बताएका छन्। साथै, माइतीघर र आसपासका क्षेत्रमा भइरहेको खानेपानी पाइप मर्मत कार्यको दबाबले पनि थापाथलीको पाइपमा असर पुर्याएको हुनसक्ने अनुमान गरिएको छ।

यस्तो घटना पहिलो पटक भने होइन। गत माघ ३० गते बबरमहल क्षेत्रमा पनि मुख्य वितरण पाइप यसैगरी फुटेको थियो। त्यहाँ विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा प्रयोग गरिएको उपकरणले क्षति पुर्याएपछि पाइप फुटेको थियो। थापाथलीमा अहिले फुटेको पाइप पनि सोही आकारको (५०० एमएम) रहेको केयूकेएलले जनाएको छ।

हाल केयूकेएलका प्राविधिक टोली घटनास्थलमा पुगेर मर्मत कार्य अघि बढाइरहेका छन्। छिट्टै समस्या समाधान गरिने आश्वासन दिइएको छ।

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...