News Portal

  • थापाथलीमा के कारणले मेलम्चीको पाइप फुट्यो?

    संगीता गुरुङ
    १३५ पटक

    फाल्गुन २०, काठमाडौँ – आज बिहान काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा सडक जलमग्न भएको छ। थापाथली चोकबाट नर्भिक अस्पताल हुँदै जाने सहायक सडकमा पानी पसेपछि यातायात अवरुद्ध भएको छ भने केही निजी घरहरूको भुइँतलासम्म पानी भरिएको छ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार पाइप फुट्नुको वास्तविक कारण हालसम्म पत्ता लागेको छैन। प्रारम्भिक जाँचका आधारमा दुई पाइप जोड्ने जोर्नी (ज्वाइन्ट) खुस्किनु मुख्य कारण हुनसक्ने बताइएको छ। पाइपमाथि अन्य पोलिथिन पाइपहरू रहेका कारण विस्तृत जाँच गर्न कठिनाइ भइरहेको छ।

    स्थानीय बासिन्दाहरू आकस्मिक रूपमा समस्या झेल्न बाध्य भएका छन्। पानीको बहावले सडक जलमग्न हुँदा आवागमनमा कठिनाइ भएको छ भने केही घरहरूमा पानी पस्दा दैनिक जीवन प्रभावित भएको छ।

    काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न प्रयोग गरिएका ‘डक्टाइल आइरन’ (डीआई) पाइप तापक्रम घटबढ हुँदा लिकेज हुने सम्भावना बढी हुने विज्ञहरूले बताएका छन्। साथै, माइतीघर र आसपासका क्षेत्रमा भइरहेको खानेपानी पाइप मर्मत कार्यको दबाबले पनि थापाथलीको पाइपमा असर पुर्याएको हुनसक्ने अनुमान गरिएको छ।

    यस्तो घटना पहिलो पटक भने होइन। गत माघ ३० गते बबरमहल क्षेत्रमा पनि मुख्य वितरण पाइप यसैगरी फुटेको थियो। त्यहाँ विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा प्रयोग गरिएको उपकरणले क्षति पुर्याएपछि पाइप फुटेको थियो। थापाथलीमा अहिले फुटेको पाइप पनि सोही आकारको (५०० एमएम) रहेको केयूकेएलले जनाएको छ।

    हाल केयूकेएलका प्राविधिक टोली घटनास्थलमा पुगेर मर्मत कार्य अघि बढाइरहेका छन्। छिट्टै समस्या समाधान गरिने आश्वासन दिइएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...

    स्पष्ट आधारबिना कम्युनिस्ट एकता सम्भव छैन : अध्यक्ष माधव नेपाल

    काठमाडौं, कात्तिक १२ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए...

    निर्वाचन रोक्ने आदेशले देश ठप्प हुने चेतावनी : न्यायाधीश रेग्मी

    काठमाडौं, कार्तिक १२ – प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पनि...

    आज २०८२ साल कार्तिक १२ गतेको राशिफल

    आज कार्तिक १२, २०८२ (अक्टोबर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

    काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा...