News Portal

  • पूर्वयुवराज पारस शाहलाई हृदयघात

    पूर्वयुवराज पारस शाहलाई आइतबार साँझ हृदयघात भएको छ।

    संगीता गुरुङ
    २२९ पटक

    काठमाडौं, ३ मार्च – पूर्वयुवराज पारस शाहलाई आइतबार साँझ हृदयघात भएको छ। घरमा अचानक स्वास्थ्यमा गडबडी आएपछि उनलाई तत्कालै नर्भिक अस्पताल पुर्याइयो।

    पारस शाहलाई उपचारको क्रममा मुटुमा स्टेन राखिएको छ र उनका स्वास्थ्यमा सुधार देखिएको छ। एक स्रोतले भने, “उहाँलाई हृदयघात भएपछि नर्भिक अस्पतालमा ल्याइएको हो र अहिले स्थिति सुधारोन्मुख छ।”

    यो चौथो पटक हो, जब पूर्वयुवराज पारस शाहलाई हृदयघातको समस्या आएको हो। २०७५ सालको माघ महिनामा पनि उनलाई हृदयघात भएको थियो र त्यतिबेला पनि नर्भिक अस्पतालमा उपचार गरिएको थियो। त्यसअघि थाइल्याण्ड र अन्य एक स्थानमा पनि उनले हृदयघात भोगेका थिए।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...