News Portal

गायक नवराज पाण्डेले ल्याए ‘आँसु उपहार’

हिमालीसंचार संवाददाता
५२४ पटक

पुस्तक रेग्मी – बेलायत – विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा आबद्ध रहेर आफ्नो देशभन्दा पर पुगेर पनि स्वदेशमै भएझै गीत संगीतलाई माया गर्ने परदेशी गायक नवराज पाण्डेले लामो समयको अन्तरालपछि चार दिन अगाडि आँसु उपहार गीत सार्वजनिक गरेका छन्।

गायक पाण्डेलाई यस गीतमा भने चर्चित गायिका पछिल्लो समय बेलायतलाई कर्मथलो बनाउँदै आएकी लक्ष्मी खड्काले साथ दिएकी छिन्।

गायिका लक्ष्मी खड्काको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा विवस गोर्खालीको लय तथा शब्द सिर्जना रहेको छ ।

आँसु उपहार नाम दिएको गीतमा पछिल्लो समयको चर्चित मोडल स्मारिका ढकाल र सुरेश कोहलीले अभिनय गरेका छन्।

गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ। यस गीतले प्रेम र मायामा छुट्टिएका जोडीहरूको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ।

गीतका बोल रचनाकारले उत्कृष्ट रूपमा सिर्जना गरेका छन् भने लय तथा संगीत पनि मनमोहक छ। गायक नवराज पाण्डे र गायिका लक्ष्मी खड्काले आफ्नो सुमधुर आवाजले गीतलाई अझ बढी मिठास दिएको छ।

सही उक्त सार्वजनिक म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका छन् भने सम्पादन सुजन कोइरालाले गरेका हुन्। पछिल्लो समयमा निकै व्यस्त रहेका निर्देशक निशान बाँनीयाले निर्देशन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...