News Portal

मिनिल्यन्ड स्कुलले मनायाे समाचकेवा ! कसरी मनाईन्छ त समाचकेवा ?

हिमाली संचार संवाददाता
८५५ पटक

रबिन्द्र बराल : माेरङकाे रंगेलीमा रहेको मिनिल्यान्ड बाेडिङ स्कुलले शुक्रबार मधेसी समुदायमा बसाेवास गर्ने मधेसी महिला हरुले मनाउने पर्व समाचकेवा पर्व विद्यार्थीहरुले समेत मनाएका छन ।

गाउँ घरमा प्रत्येक महिलाहरुले कुनै न कुनै ब्रता गर्ने र यस समुदायका महिलाकाे विशिष्ट संस्कृतिक उत्सव समाचकेवाकाे विशेष महत्त्व रहेको पाईन्छ । बिधालयमा रहेका ससान बालबालिका देखि ठुला ठेला विद्यार्थीहरुले समेत समाचकेवा पर्व मनाएका हुन । उनिहरुले विभिन्न गित हरुमा समेत उनिहरुले नृत्य गरेर समाचकेवा मनाएका हुन ।

विद्यार्थीहरुले माटाेकाेे सिलाैटाे,अाेखली,केक लगायतका विभिन्न प्रकारकाे सामग्री हरु समेत बनाएर त्यस काे पुजा अाजा गरेर उक्त पर्व मनाएका हुन।

कसरी मनाईन्छ त समाचकेवा ?
याे पर्व कार्तिक पुर्णिमाका दिन सन्ध्यामा भगवान बिष्णुकाे मत्सय अवतार भएको र याे पर्व अति रमणीय तथा विधि विधानकाे साथ याे खेल समाचकेवा तराईमा वसाेवास गर्ने मधेसी समुदायका महिलाहरुले विषेश पर्वकाे रुपमा मनाउने गर्दछन ।

पाैराणिक कथा अनुसार द्वापर युगमा भगवान श्री कृष्णले छाेरी समात परपुरुषकाे साथ रहेकाे कसैले लगाएर भनेको कुरा पत्यार गरेर छाेरीलाई चरा हुनु भनी श्राप दिदा छाेरी समा चरा बनेकाे र समाकाे यस्तो दुर्दशा हेरेर उसकाे भाईले ठुलाे जपतप गरेर अाफ्नी बैनिकाे पुनः मानव रुपमा ल्याएकाेे र उनले भाईकाे अायु अाराेग्यकाे कामना गर्दे समाचकेवा पर्वकाे सुरु भएको मानिन्छ ।

यस विद्यालयले हरेक पर्वहरुलाई उत्तिकै महत्त्वका साथ विद्यार्थीहरुलाई चाडपर्वकाे बारेमा जानकारी समेत गराउदै अाएकाे र अागामि दिनहरुमा समेत गराईदै जाने विद्यालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...