News Portal

मिनिल्यन्ड स्कुलले मनायाे समाचकेवा ! कसरी मनाईन्छ त समाचकेवा ?

हिमाली संचार संवाददाता
८१३ पटक

रबिन्द्र बराल : माेरङकाे रंगेलीमा रहेको मिनिल्यान्ड बाेडिङ स्कुलले शुक्रबार मधेसी समुदायमा बसाेवास गर्ने मधेसी महिला हरुले मनाउने पर्व समाचकेवा पर्व विद्यार्थीहरुले समेत मनाएका छन ।

गाउँ घरमा प्रत्येक महिलाहरुले कुनै न कुनै ब्रता गर्ने र यस समुदायका महिलाकाे विशिष्ट संस्कृतिक उत्सव समाचकेवाकाे विशेष महत्त्व रहेको पाईन्छ । बिधालयमा रहेका ससान बालबालिका देखि ठुला ठेला विद्यार्थीहरुले समेत समाचकेवा पर्व मनाएका हुन । उनिहरुले विभिन्न गित हरुमा समेत उनिहरुले नृत्य गरेर समाचकेवा मनाएका हुन ।

विद्यार्थीहरुले माटाेकाेे सिलाैटाे,अाेखली,केक लगायतका विभिन्न प्रकारकाे सामग्री हरु समेत बनाएर त्यस काे पुजा अाजा गरेर उक्त पर्व मनाएका हुन।

कसरी मनाईन्छ त समाचकेवा ?
याे पर्व कार्तिक पुर्णिमाका दिन सन्ध्यामा भगवान बिष्णुकाे मत्सय अवतार भएको र याे पर्व अति रमणीय तथा विधि विधानकाे साथ याे खेल समाचकेवा तराईमा वसाेवास गर्ने मधेसी समुदायका महिलाहरुले विषेश पर्वकाे रुपमा मनाउने गर्दछन ।

पाैराणिक कथा अनुसार द्वापर युगमा भगवान श्री कृष्णले छाेरी समात परपुरुषकाे साथ रहेकाे कसैले लगाएर भनेको कुरा पत्यार गरेर छाेरीलाई चरा हुनु भनी श्राप दिदा छाेरी समा चरा बनेकाे र समाकाे यस्तो दुर्दशा हेरेर उसकाे भाईले ठुलाे जपतप गरेर अाफ्नी बैनिकाे पुनः मानव रुपमा ल्याएकाेे र उनले भाईकाे अायु अाराेग्यकाे कामना गर्दे समाचकेवा पर्वकाे सुरु भएको मानिन्छ ।

यस विद्यालयले हरेक पर्वहरुलाई उत्तिकै महत्त्वका साथ विद्यार्थीहरुलाई चाडपर्वकाे बारेमा जानकारी समेत गराउदै अाएकाे र अागामि दिनहरुमा समेत गराईदै जाने विद्यालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...