जटिल रोगका पिडितलाई सहयोग गर्दै उदयपुर मिलिजुलि समाज कुवेतको तेस्रो अधिवेशन सम्पन
कुवेत सिटी। सन् २०२१ जनवरी २९ तारिखमा कुवेतमा स्थापना भएको उदयपुर मिलिजुलि समाज कुवेतले आज शुक्रबारका दिन कुवेतको फिन्टासस्थित समुद्री किनारामा आफ्नो तेस्रो अधिबेशन सम्पन गरेको छ।
संस्था स्थापना भएयता वर्षेनी उदयुरका दर्जनौ पिडितलाई सहायता गर्दै आएको छ भने, नेपालका कयौ राष्ट्रिय आपत्तिमा पनि निरन्तर सहयोग गरि रहेको छ। यो संस्थाको स्थापनाको मुल उद्देश्य कुवेतमा श्रमिकका रुपमा आउने सम्पुर्ण उदयपुरेको परिवार पछिको अर्को परिवार सरह रहेर आर्थिक, मानसिक, सामाजिकलगायत सहयोग गर्ने र साथसाथै उदयपुर जिल्लामा पनि सहयोग गर्ने रहेको छ।
आजको अधिवेशनबाट पनि कार्यक्रमलाई भन्दा बढि उदयपुरका पिडितलाई खर्च गर्ने गरि अधिवेशन सम्पन गरिएको थियो। जसमा दुबै किड्नि खराब भएका, रुखबाट लडेर आधा शरिर नचल्ने र अन्य साधारण बिरामीलाई सहयोग गर्ने गरि अधिवेशन गर्दा समाजमा राम्रो संदेश जाने साथै अत्यन्तै पिडामा रहेका नेपालीहरुलाई ठुलो राहत मिल्ने विश्वास पनि जाने संस्थाका संरक्षक युवक राईले हिमालीसंचारसँगको कुराकानीमा बताए।
सन् २०२५-२०२७ का लागि निर्वाचित कार्यसमिति यस्तो छ:-
अध्यक्ष : मोहन लुइटेल
उपाध्यक्ष : देवि थापा मगर
बरिस्ठ उपाध्यक्ष : बिदुर कार्कि
महासचिव : रेश्मा मगर
उप-महासचिव : बिनोद कुमार अधिकारी
सचिव : रमेश बि. क.
सह-सचिव : मिलन खड्का
कोषाध्यक्ष : पवित्रा पुडाशैनी
सह-कोषाध्यक्ष : कविता राई
प्रवक्ता : मिन कुमार बिक
कार्यसमिति सदस्यहरु:-
पावेल राई
राकेश राई
देवि थापा
कृष्ण कुमार चौधरि
सुनिता कटुवाल
सनम राई
देवि थापा
दुर्गा धमला
संरक्षक : इन्द्र परियार
प्रमुख सल्लाहकार : प्रदिप बि.
सल्लाहकार : युवक राई
सल्लाहकार : उमेश पुडाशैनी
सल्लाहकार : रिता राई
सल्लाहकार : हेमा पुडाशैनी

















