News Portal

नेपाल–जापानको आयात–निर्यात सम्बन्ध विस्तार हुँदै : प्रधानमन्त्री ओली

नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध आर्थिक तथा व्यापारिक क्षेत्रमा समेत विस्तार हुँदै गएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

संगीता गुरुङ
२७५ पटक

काठमाडौं, फागुन १६ – नेपाल र जापानबीचको सम्बन्ध व्यापारिक तथा आर्थिक क्षेत्रमा समेत विस्तार भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

बालुवाटारमा शुक्रबार जापानी प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले दुई देशबीचको सरकारस्तरीय र जनस्तरीय सम्बन्ध अझ मजबुत बन्दै गएको उल्लेख गरे। उनले नेपालको फापर जापान निर्यात हुन थालेको तथा जापानबाट गोल्डेन ट्राउट माछा नेपाल भित्रिएको जानकारी गराउँदै व्यापारिक सहकार्यमा नयाँ आयामहरू थपिँदै गएको बताए।

“हाम्रो सम्बन्ध गाढा मित्रतामा आधारित छ। अब यसलाई आर्थिक क्षेत्रमा पनि विस्तार गर्न आवश्यक छ,” प्रधानमन्त्री ओलीले भने। उनले जापानले युद्धपछिको पुनर्निर्माण र विकासको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै नेपालसमेत शान्ति र समृद्धिको मार्गमा अघि बढ्न तत्पर रहेको बताए।

नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५, लिडएक्स नेपाल र फोर्थ ल्भि को सहकार्यमा फागुन १४ देखि १६ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो।

 

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...