News Portal

हलिउडका दिग्गज जीन ह्याकम्यान, पत्नी र कुकुर शंकास्पद परिस्थितिमा मृत

हलिउडका प्रतिष्ठित अभिनेता जीन ह्याकम्यान, उनकी पत्नी बेट्सी न्यु र कुकुर मेक्सिकोस्थित आफ्नो घरमा मृत अवस्थामा फेला परेका छन्।

संगीता गुरुङ
२२१ पटक

फाल्गुन १५, लस एञ्जलस – हलिउडका प्रतिष्ठित अभिनेता जीन ह्याकम्यान र उनकी पत्नी बेट्सी न्यु मेक्सिकोस्थित आफ्नो घरमा मृत अवस्थामा फेला परेका छन्। ९५ वर्षका जीन ह्याकम्यान र उनकी पत्नीको शंकास्पद परिस्थितिमा मृत्युको खबरले हलिउडमा शोकको लहर फैलाएको छ। प्रहरी स्रोतका अनुसार, घटनास्थलमा दम्पतीको शवको साथै उनीहरूको कुकुर पनि मृत अवस्था पाइएको छ र यसको कारणको अनुसन्धान भइरहेको छ।

सान्ता फे प्रहरीले ‘द सन’सँग पुष्टि गर्दै भनेका छन् कि जीन ह्याकम्यान र उनकी पत्नीका शवसँगै कुकुरको शव पनि भेटिएको हो।

जीन ह्याकम्यान, जो दुई ओस्कार र दुई बाफ्टा अवार्ड विजेता कलाकार हुन्, २००४ मा डाक्टरको स्वास्थ्य सल्लाहपछि ७४ वर्षको उमेरमा अभिनयबाट अवकाश लिएका थिए। उनको निधनले हलिउड र उनका अनगिन्ती फ्यानहरूलाई गहिरो दुःख र शोकको अवस्थामा पुर्याएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...