News Portal

रारा किनारको डाँफे होटलमा भीषण आगलागी, ठूलो क्षति

मुगुको रारा राष्ट्रिय निकुञ्जभित्र रहेको डाँफे होटलमा भीषण आगलागी हुँदा होटलका पाँच वटा घरटहरा जलेर नष्ट भएका छन्।

संगीता गुरुङ
१४६ पटक

फाल्गुन १५, मुगु – रारा राष्ट्रिय निकुञ्जभित्र रहेको डाँफे होटलमा भीषण आगलागी हुँदा होटलका पाँच वटा घरटहरा जलेर नष्ट भएका छन्। छायानाथ रारा नगरपालिका–९ स्थित रारा ताल नजिक रहेको उक्त होटलमा गएराति करिब १ बजे आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार आगलागी नियन्त्रणका लागि सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए। सुरक्षाकर्मीको संयुक्त प्रयासमा बिहान ३:५५ बजे आगो नियन्त्रणमा लिइएको थियो।

आगोका कारण होटलको ढुंगामाटोले बनेको दुई तले घर र काठ तथा जस्ताले बनेका चार वटा टहरा पूर्ण रूपमा नष्ट भएका छन्। आगलागी हुँदा होटलमा रहेका पाहुनाहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए भने केहीलाई उद्धार गरी नजिकका अन्य होटलमा सारिएको थियो।

यस घटनापछि मुगुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख घटनास्थलतर्फ लागेका छन्। होटल पूर्वसांसद गोपाल बमको स्वामित्वमा रहेको बताइएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...