News Portal

रारा किनारको डाँफे होटलमा भीषण आगलागी, ठूलो क्षति

मुगुको रारा राष्ट्रिय निकुञ्जभित्र रहेको डाँफे होटलमा भीषण आगलागी हुँदा होटलका पाँच वटा घरटहरा जलेर नष्ट भएका छन्।

संगीता गुरुङ
२०१ पटक

फाल्गुन १५, मुगु – रारा राष्ट्रिय निकुञ्जभित्र रहेको डाँफे होटलमा भीषण आगलागी हुँदा होटलका पाँच वटा घरटहरा जलेर नष्ट भएका छन्। छायानाथ रारा नगरपालिका–९ स्थित रारा ताल नजिक रहेको उक्त होटलमा गएराति करिब १ बजे आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार आगलागी नियन्त्रणका लागि सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए। सुरक्षाकर्मीको संयुक्त प्रयासमा बिहान ३:५५ बजे आगो नियन्त्रणमा लिइएको थियो।

आगोका कारण होटलको ढुंगामाटोले बनेको दुई तले घर र काठ तथा जस्ताले बनेका चार वटा टहरा पूर्ण रूपमा नष्ट भएका छन्। आगलागी हुँदा होटलमा रहेका पाहुनाहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए भने केहीलाई उद्धार गरी नजिकका अन्य होटलमा सारिएको थियो।

यस घटनापछि मुगुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख घटनास्थलतर्फ लागेका छन्। होटल पूर्वसांसद गोपाल बमको स्वामित्वमा रहेको बताइएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...