News Portal

२०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने रास्वपा सांसद ढकालको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले २०४७ सालदेखि सत्तामा रहेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।

संगीता गुरुङ
३१५ पटक

काठमाडौं, १३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले २०४७ सालदेखि सत्तामा रहेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। उनले लामो समयदेखि शासन गरेका नेताहरूले देशलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप लगाउँदै निष्पक्ष अनुसन्धानको आवश्यकता औंल्याए।

मंगलबार प्रतिनिधिसभामा बोल्दै ढकालले प्रधानमन्त्रीले भ्रष्टाचार गर्न न दिने र नगर्ने प्रतिबद्धता व्यक्त गरे पनि, उनको नेतृत्वमा भएका अनियमितताहरू स्पष्ट देखिएको दाबी गरे। ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको पछिल्लो भ्रष्टाचार अवधारणा सूचकांकलाई उद्धृत गर्दै उनले नेपालमा भ्रष्टाचार अझै गहिरिँदै गएको बताए।

सांसद ढकालले २०४७ सालपछि सत्तामा आएका सबै नेताहरूको सम्पत्ति छानबिन गर्ने हो भने कसैले पनि टाउको लुकाउने ठाउँ नपाउने दाबी गरे। उनले भने, “यदि निष्पक्ष रूपमा अनुसन्धान गरियो भने कोही पनि उम्कन सक्दैन।”

उनले रास्वपा अध्यक्ष रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए। संसदको विशेष छानबिन समितिले सहकारी प्रकरणमा लामिछानेको प्रत्यक्ष संलग्नता नरहेको प्रतिवेदन दिए पनि सरकारले अनावश्यक रूपमा मुद्दा लगाएर दुःख दिएको उनले उल्लेख गरे।

सांसद ढकालले वाइडबडी विमान खरिद प्रकरणमा पनि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखे। उनले सदनमा बोल्दै भने, “संसदीय विशेष समितिको ४४९ पृष्ठ लामो प्रतिवेदन अध्ययन नगरी गैरजिम्मेवार टिप्पणी गरिएको देखिन्छ। रवि लामिछानेले कुनै ऋण लिएको प्रमाण छैन, तर कानुनअनुसार कारबाही गर्नुपर्ने कुरा उल्लेख छ।”

उनले रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र ठगीको आरोप लगाइनु अन्यायपूर्ण भएको भन्दै सरकारलाई प्रश्न गरे। “कानुन अनुसार कारबाही गर्ने भनिए पनि कतै सम्पत्ति शुद्धीकरण, कतै ठगी मुद्दा लगाइयो। यो कानुनी प्रक्रिया होइन, राजनीतिक प्रतिशोध हो,” उनले भने।

उनले भ्रष्टाचारविरुद्ध लड्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने भन्दै निष्पक्ष छानबिनको माग गरे।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...