News Portal

ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको ज्यान गयो

ललितपुरमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको ज्यान गएको छ।

संगीता गुरुङ
२०० पटक

१३ फागुन, ललितपुर – ललितपुरमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको ज्यान गएको छ।

ललितपुर महानगरपालिका–२१, ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जनको सोमबार बिहान दुर्घटनामा परेर निधन भएको हो। ललितपुर महानगरपालिका–४, विष्णुदेवी मन्दिर नजिकै रा १ ख ९५१ नम्बरको ट्रकले साइकलमा सवार महर्जनलाई ठक्कर दिएको थियो।

गम्भीर अवस्थामा रहेका उनलाई तुरुन्तै उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

यस घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...