News Portal

ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको ज्यान गयो

ललितपुरमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको ज्यान गएको छ।

संगीता गुरुङ
३०९ पटक

१३ फागुन, ललितपुर – ललितपुरमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको ज्यान गएको छ।

ललितपुर महानगरपालिका–२१, ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जनको सोमबार बिहान दुर्घटनामा परेर निधन भएको हो। ललितपुर महानगरपालिका–४, विष्णुदेवी मन्दिर नजिकै रा १ ख ९५१ नम्बरको ट्रकले साइकलमा सवार महर्जनलाई ठक्कर दिएको थियो।

गम्भीर अवस्थामा रहेका उनलाई तुरुन्तै उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

यस घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...