News Portal

पाकिस्तानको कराचीमा रहेको चिनियाँ वाणिज्यदुतावासमा आक्रमण, पाँच जनाको मृत्यु

हिमाली संचार संवाददाता
५५६ पटक

एजेन्सी _ पाकिस्तानको प्रमुख सहर कराचीँमा रहेको चिनियाँ महावाणिज्य दुतावासमाथि आतंकवादी आक्रमण भएको छ । आतंकवादी हमलालाई सुरक्षा फौजले निस्तेज पारेको र दुतावासभित्र कुनै असर नपरेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।

सुरक्षाकर्मी र हमलावरबीच भएको गोलिवारीमा दुई प्रहरीको ज्यान गएको छ । सिन्ध प्रहरी तथा आर्मीको मिडिया शाखाले उक्त कारबाहीमा तीन आतंकवादीको ज्यान गएको बताएको छ ।

पाकिस्तानको चर्चित समाचारपत्र डनका अनुसार विहान ९ः३० मा गोलिबारी शुरु भएको थियो । सो समाचारपत्रले उक्त क्षेत्रमा एक ठूलो विष्फोटको आवाज पनि सुनिएको बताएको छ । डनका अनुसार एक नाम नखुलेको व्यक्ति गम्भिर अवस्थामा अस्पताल लगिएको छ ।

पाकिस्तान प्रहरीका एआईजी डा. अमिर अहमद शेखले डनसँगको कुराकानीमा गोलिबारी रोकिएको र आक्रमण भएको क्षेत्र प्रहरी र रेन्जरको नियन्त्रणमा आइसकेको बताए ।

“आक्रमणको समयमा प्रहरी, रेन्जर ड्युटीमा थिए । सुरक्षाकर्मीहरुको बहादुरीको कारण आक्रमणकारीहरु चिनियाँ दुतावासमा प्रवेश गर्न सकेनन् । अहिले उक्त क्षेत्र पूर्ण रुपमा प्रहरीको नियन्त्रणमा छ र बम डिस्पोजल टिमले वरपर क्षेत्रको चेकजाँच गरिरहेको छ ।” शेखले बताए ।

शेखले घटनाबारे पूर्ण चित्र साझँपख पत्रकार सम्मेलन गरेर दिने पनि बताए ।

घटनाको केही पछिनै पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशीले घटनाको भत्सना गरेका छन् । “यो अत्यन्त दुखद घटना हो । घटनामा संलग्न आतंकवादी मारिएका छन् । हामी चिनियाँ महावाणिज्य दुतावाससँग नियमित सम्पर्कमा रहिरहेको छौं,” घटनाबारे बोल्दै कुरेशीले भने ,“यो देशको विकास रोक्ने दुरासय राख्ने शक्तिहरुलाई पाकिस्तान र चीन मिलेर परास्त गर्नेछौं ।”

सिन्ध राज्यका मुख्यमन्त्री मुराद अलि शाहले घटनाप्रति चासो देखाएका छन् । उनले चिनियाँ महावाणिज्यदुतलाई सम्पर्क गरेर अवस्था पूर्ण नियन्त्रणमा लिने विश्वस्त पारेका छन् ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...