News Portal

पाकिस्तानको कराचीमा रहेको चिनियाँ वाणिज्यदुतावासमा आक्रमण, पाँच जनाको मृत्यु

हिमाली संचार संवाददाता
६१४ पटक

एजेन्सी _ पाकिस्तानको प्रमुख सहर कराचीँमा रहेको चिनियाँ महावाणिज्य दुतावासमाथि आतंकवादी आक्रमण भएको छ । आतंकवादी हमलालाई सुरक्षा फौजले निस्तेज पारेको र दुतावासभित्र कुनै असर नपरेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।

सुरक्षाकर्मी र हमलावरबीच भएको गोलिवारीमा दुई प्रहरीको ज्यान गएको छ । सिन्ध प्रहरी तथा आर्मीको मिडिया शाखाले उक्त कारबाहीमा तीन आतंकवादीको ज्यान गएको बताएको छ ।

पाकिस्तानको चर्चित समाचारपत्र डनका अनुसार विहान ९ः३० मा गोलिबारी शुरु भएको थियो । सो समाचारपत्रले उक्त क्षेत्रमा एक ठूलो विष्फोटको आवाज पनि सुनिएको बताएको छ । डनका अनुसार एक नाम नखुलेको व्यक्ति गम्भिर अवस्थामा अस्पताल लगिएको छ ।

पाकिस्तान प्रहरीका एआईजी डा. अमिर अहमद शेखले डनसँगको कुराकानीमा गोलिबारी रोकिएको र आक्रमण भएको क्षेत्र प्रहरी र रेन्जरको नियन्त्रणमा आइसकेको बताए ।

“आक्रमणको समयमा प्रहरी, रेन्जर ड्युटीमा थिए । सुरक्षाकर्मीहरुको बहादुरीको कारण आक्रमणकारीहरु चिनियाँ दुतावासमा प्रवेश गर्न सकेनन् । अहिले उक्त क्षेत्र पूर्ण रुपमा प्रहरीको नियन्त्रणमा छ र बम डिस्पोजल टिमले वरपर क्षेत्रको चेकजाँच गरिरहेको छ ।” शेखले बताए ।

शेखले घटनाबारे पूर्ण चित्र साझँपख पत्रकार सम्मेलन गरेर दिने पनि बताए ।

घटनाको केही पछिनै पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशीले घटनाको भत्सना गरेका छन् । “यो अत्यन्त दुखद घटना हो । घटनामा संलग्न आतंकवादी मारिएका छन् । हामी चिनियाँ महावाणिज्य दुतावाससँग नियमित सम्पर्कमा रहिरहेको छौं,” घटनाबारे बोल्दै कुरेशीले भने ,“यो देशको विकास रोक्ने दुरासय राख्ने शक्तिहरुलाई पाकिस्तान र चीन मिलेर परास्त गर्नेछौं ।”

सिन्ध राज्यका मुख्यमन्त्री मुराद अलि शाहले घटनाप्रति चासो देखाएका छन् । उनले चिनियाँ महावाणिज्यदुतलाई सम्पर्क गरेर अवस्था पूर्ण नियन्त्रणमा लिने विश्वस्त पारेका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...