News Portal

पाटन फेस्ट २०२५’ मा चार चर्चित ब्यान्डको प्रस्तुति

नेपाल रोयल मल्टिप्रपोज प्रालिले एकल रूपमा आयोजना गर्ने यस सांगीतिक महोत्सवमा चार चर्चित ब्यान्डले प्रस्तुति दिनेछन्।

संगीता गुरुङ
२२९ पटक

फाल्गुन १२, काठमाडौं – ललितपुरको च्यासल स्टेडियममा आउँदो चैत्र २३ गते ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ। नेपाल रोयल मल्टिप्रपोज प्रालिले एकल रूपमा आयोजना गर्ने यस सांगीतिक महोत्सवमा चार चर्चित ब्यान्डले प्रस्तुति दिनेछन्।

कार्यक्रमका लागि एक ब्यान्डको छनोट भइसकेको छ। चर्चित ब्यान्ड ‘जोन एन्ड द लोकल्स’ ले पाटन फेस्टमा आफ्नो प्रस्तुति दिने तय भएको छ। गायक जोन चाम्लिङ राईको नेतृत्वमा रहेको यो ब्यान्ड ‘हावा जस्तै’, ‘के गरौँ’ र ‘निहिती’ जस्ता लोकप्रिय गीतका लागि परिचित छ। अन्य तीन ब्यान्डको नाम छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

फेस्टिभलमा सहभागी हुन चाहने दर्शकहरूले रु. ६००, रु. १००० र रु. १२०० को टिकट खरिद गर्न सक्नेछन्। विशेष टेबल बुकिङको लागि रु. ३०,००० देखि ६०,००० सम्मको शुल्क तोकिएको छ। दर्शकहरूले ‘खल्ती’ एपमार्फत टिकट काट्न सक्नेछन्।

कार्यक्रमलाई थप आकर्षक बनाउन २० वटा खानाका स्टलहरू राखिनेछ। साथै, अत्याधुनिक प्रविधिसहितको साउन्ड सिस्टम प्रयोग गरिने भएकाले दर्शकहरूले उच्च गुणस्तरीय संगीतको अनुभव लिन सक्नेछन्।

आयोजकले यस फेस्टिभलले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ। करिब ८ देखि १० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको यो कार्यक्रम ललितपुरका संगीतप्रेमीहरूका लागि विशेष अवसर बन्नेछ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...