News Portal

प्यूठानमा दम्पतीको हत्या, घन प्रहारबाट ज्यान लिएको पुष्टि

प्यूठानको माण्डवी गाउँपालिका-२, रातमाटेमा एक दम्पतीको हत्या घन प्रहार गरेर गरिएको खुलासा भएको छ।

संगीता गुरुङ
२४१ पटक

फाल्गुन ११, दाङ – प्यूठानको माण्डवी गाउँपालिका-२, रातमाटेमा एक दम्पतीको हत्या घन प्रहार गरेर गरिएको खुलासा भएको छ।

शनिबार दिउँसो आफ्नै घरभित्र मृत भेटिएका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियारको टाउको र शरीरभरि गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालका अनुसार हत्यामा प्रयोग गरिएको घन घटनास्थलभन्दा करिब ५० मिटर पर रगत लागेको अवस्थामा फेला परेको छ।

शनिबार दिउँसो १२ बजेसम्म पनि ढोका नखुलेपछि छिमेकीहरूले बोलाउन खोज्दा कुनै प्रतिक्रिया नआएपछि ढोकाबाट चिहाएर हेर्दा उनीहरू मृत अवस्थामा फेला परेका थिए।

घटनाको अनुसन्धानलाई तीव्र बनाउन भैरहवाबाट तालिमप्राप्त कुकुर मगाइएको छ भने शंकास्पद व्यक्तिहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

परियार दम्पतीका चार छोरा भारतमा बस्छन् भने दुई छोरीको विवाह भई दाङमा बसोबास गरिरहेका छन्।

प्रहरीले हत्याको कारणबारे गहिरो अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुमानअनुसार, व्यक्तिगत रिसइवी वा पारिवारिक विवाद हत्या पछाडिको सम्भावित कारण हुन सक्छ। तर, यकिन प्रमाण नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ।

स्थानीयहरूमा त्रास फैलिएको र हत्यामा संलग्न व्यक्तिहरूको खोजीलाई तीव्र पारिएको प्रहरी स्रोतले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको र दोषी पहिचान भएलगत्तै कानुनी कारबाही अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...