News Portal

  • बेलायतमा मौसमी रोजगारको प्रलोभन, ठगी गर्ने गिरोह सक्रिय

    बेलायतमा मौसमी रोजगारी (सिजनल वर्कर) को प्रलोभन देखाई ठगी गर्ने समूह सक्रिय भएको छ।

    संगीता गुरुङ
    १४४ पटक

    फाल्गुन ११, काठमाडौं – बेलायतमा मौसमी रोजगारी (सिजनल वर्कर) को प्रलोभन देखाई ठगी गर्ने समूह सक्रिय भएको छ। सामाजिक सञ्जाल र फोन कलमार्फत आकर्षक अवसरको आश्वासन दिँदै व्यक्तिहरूसँग आर्थिक ठगी गर्ने गिरोहहरूको सक्रियता बढेको पाइएको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा वैदेशिक रोजगार विभागमा यस सम्बन्धी गुनासाहरू बढ्दै गएपछि विभागले सावधानी अपनाउन आग्रह गरेको छ।

    विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार सरकारले बेलायतमा मौसमी कामदार पठाउने कुनै आधिकारिक निर्णय गरिसकेको छैन। उनले कुनै पनि संस्था वा व्यक्तिसँग रकम कारोबार नगर्न अनुरोध गर्दै गैरकानुनी बाटो अपनाएर विदेश जान नसोच्न सचेत गराएका छन्।

    वैदेशिक रोजगारीका नाममा भइरहेका ठगी गतिविधिहरूलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूले आवश्यक कदम चाल्नुपर्ने आवाज उठ्न थालेको छ। विभागले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै ठगीको सिकार हुन नदिन सतर्कता अपनाउन सुझाव दिएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २ गतेको राशिफल

    आज मंसिर २, २०८२ (नोभेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    सामाजिक सञ्जालमै टिकट बाँडफाँड, कति विश्वसनीय?

    काठमाडौं –  नेपालमा उदाउँदै गरेका कतिपय नयाँ राजनीतिक दलका नेताहरू सामाजिक सञ्जालमा अत्यधिक सक्रिय हुँदै...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...