News Portal

हुलाकी सडकको माई पुल नबन्दा सर्वसाधारणलाई सास्ती

हुलाकी सडकको माई पुल नबन्दा सर्वसाधारणलाई सास्ती भोग्नु परिरहेको छ।

रबिन्द्र बराल
२२५ पटक

फाल्गुन ११, झापा – नेपाल सरकारले हुलाकी सडकलाई प्राथमिकताका साथ निर्माण सुरु गरे तापनि झापाको माई खोलाको पुल भने अहिलेसम्म सम्पन्न हुन सकेको छैन। हुलाकी सडकको अधिकांश भागमा कालोपत्रे भइसके तापनि गौरीगन्जदेखि चन्द्रगढीसम्म रहेको कनकाई पुल भने १३ वर्षदेखि अधुरै रहेको छ। पुलको काम १३ वर्षदेखि अलपत्र परेपछि ठेकेदारहरू भागे, जसका कारण स्थानीयहरू वर्षौंदेखि जोखिमपूर्ण रूपमा खोला तारेर आवतजावत गर्न बाध्य छन्।

हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कनकाई माई नदीको पुलको काम मात्र ५० प्रतिशत पूरा भएको छ। सरकारले कडाइ गर्न नसक्दा र निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पटक–पटक म्याद थप भए तापनि हालसम्म निर्माणकार्य सम्पन्न भएको छैन। नेपाल सरकारले पाँच पटक म्याद थपे तापनि अझै काम अगाडि बढ्न सकेको छैन।

७ सय मिटर लामो उक्त पुलको निर्माणकार्य २०६८ जेठ ३१ गते सुरु गरिएको थियो। पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले ठेक्का पाएको उक्त पुल २०७२ जेठ २९ गतेसम्म सम्पन्न गर्ने लक्ष्य थियो। पुल निर्माणका लागि ३४ करोड नौ लाख रुपैयाँको सम्झौता गरिएको थियो।

हाल पुल निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले खोला तर्न बाँसको पुल प्रयोग गर्नुपरेको छ। मोटरसाइकलसहित यात्रा गर्दा दैनिक १०० रुपैयाँ तिर्नुपर्ने र साइकल यात्रुहरूले ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको छ। स्थानीयहरूका अनुसार सरकारको कमजोरीका कारण वर्षौंदेखि आफूहरूले सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...