News Portal

सुदुरपश्चिमेली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम हुँदै

हिक्मत कुमार शाही
४३९ पटक
२०२५ फेब्रअरी २२ तारिख

कुबेत सिटी। सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ।

“सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मुल नाराका साथ, यहि फागुन १६ गते अर्थात फेब्रुअरी २८ तारिख शुक्रबार कुवेतको फर्वानियास्थित सेफ नौसाद रेस्टुरेन्टको सभाहलमा समाजको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो।

समाजको सातौ वार्षिक उत्सवको अवसरमा नेपालबाट वैदेशिक रोजगारीका लागि कुबेतमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी सचेतना अभिवृद्धि गर्ने उदेश्यले श्रमिक जनचेतनामूलक कार्यक्रम पनि राखिएको समाजका अध्यक्ष गगन सिंह बिष्टले हिमालीसंचारसंगको कुराकानीमा बताए।

नेपाली श्रमिकहरुका लागि पछिल्लो समय कुबेत रोजगारीको मुख्य गन्तव्य बन्दै गएको छ। तर रोजगारीका लागि जाने देशको बारेमा सामान्य जानकारी नहुनु, नियम कानुन र जनचेतनाको अभावसंगै दलालको प्रलोभनमा परेर नेपाली श्रमिकहरु विभिन्न समस्यामा परिरहेका खबरहरु आईरहदा श्रमिक जनचेतनामूलक कार्यक्रमबाट थोरै भएपनि यस्ता समस्याहरु न्यूनीकरणमा मद्दत पुग्ने बिश्वास गरिएको छ।

यस्तै, समाजको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको कार्यक्रम संयोजक महेश कुमारले जानकारी दिए।

साथै, कुबेतमा रहेका नेपाल निकट सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि उक्त समाजले अनुरोधसमेत गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...