News Portal

सुदुरपश्चिमेली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम हुँदै

हिक्मत कुमार शाही
५०३ पटक
२०२५ फेब्रअरी २२ तारिख

कुबेत सिटी। सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ।

“सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मुल नाराका साथ, यहि फागुन १६ गते अर्थात फेब्रुअरी २८ तारिख शुक्रबार कुवेतको फर्वानियास्थित सेफ नौसाद रेस्टुरेन्टको सभाहलमा समाजको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो।

समाजको सातौ वार्षिक उत्सवको अवसरमा नेपालबाट वैदेशिक रोजगारीका लागि कुबेतमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी सचेतना अभिवृद्धि गर्ने उदेश्यले श्रमिक जनचेतनामूलक कार्यक्रम पनि राखिएको समाजका अध्यक्ष गगन सिंह बिष्टले हिमालीसंचारसंगको कुराकानीमा बताए।

नेपाली श्रमिकहरुका लागि पछिल्लो समय कुबेत रोजगारीको मुख्य गन्तव्य बन्दै गएको छ। तर रोजगारीका लागि जाने देशको बारेमा सामान्य जानकारी नहुनु, नियम कानुन र जनचेतनाको अभावसंगै दलालको प्रलोभनमा परेर नेपाली श्रमिकहरु विभिन्न समस्यामा परिरहेका खबरहरु आईरहदा श्रमिक जनचेतनामूलक कार्यक्रमबाट थोरै भएपनि यस्ता समस्याहरु न्यूनीकरणमा मद्दत पुग्ने बिश्वास गरिएको छ।

यस्तै, समाजको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको कार्यक्रम संयोजक महेश कुमारले जानकारी दिए।

साथै, कुबेतमा रहेका नेपाल निकट सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि उक्त समाजले अनुरोधसमेत गरेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...