News Portal

भारतमा एउटा सानो केराउको दानाले लियो बालकको ज्यान

झारखण्ड राज्यको कैरो थाना क्षेत्रअन्तर्गत गुडी करंज टोलमा केराउको एउटा सानो दानाले बालकको लिएको छ।

संगीता गुरुङ
३०१ पटक

झारखण्ड, भारत – झारखण्ड राज्यको कैरो थाना क्षेत्रअन्तर्गत गुडी करंज टोलमा बस्ने कृषक खुदी उरांवका डेढ वर्षीय छोरा शिवम उरांवको निधन भएको छ। बालकको ज्यान केराउको एउटा सानो दानाले लिएको बताइएको छ।

बिहीबार खुदी उरांव आफ्नो परिवारसँगै बारीमा काम गर्दै थिए। सानो शिवमलाई भुल्याउनका लागि घरपरिवारले बारीमा फलेको केराउ दिएका थिए। खेल्ने क्रममा बालकले केराउको कोसाबाट एउटा दाना निकालेर निल्न खोज्दा अचानक उनको श्वास नलीमा अड्कियो।

अवस्था गम्भीर बनेपछि परिवारले तत्काल अस्पताल पुर्‍याए। तर, चिकित्सकले शिवमलाई मृत घोषित गरे। चिकित्सकका अनुसार श्वास नली अवरुद्ध हुँदा दम घुटिएर बालकको मृत्यु भएको हो।

यस दुःखद घटनाले साना बालबालिकाको खानपानमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...