News Portal

  • भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नलिन्चोकमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

    संगीता गुरुङ
    ११२ पटक

    फाल्गुन ९, काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नलिन्चोकमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

    जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ७४४० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा ४४ प ७३४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। सोही क्रममा बागमती प्रदेश ०२–०५५ प २५९९ नम्बरको अर्को मोटरसाइकलसमेत दुर्घटनामा परेको थियो, जसमा तीन जना घाइते भएका थिए।

    दुर्घटनामा रामेछापको सुनापाती गाउँपालिका–४ निवासी, हाल भक्तपुर पाण्डुबजार बस्दै आएका २१ वर्षीय तिम्बा दोर्जे तामाङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि इवामुरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले राति करिब पौने ९ बजे मृत घोषणा गरे। प्रहरीका अनुसार उनको निधारमा गम्भीर चोट लागेको थियो।

    यस दुर्घटनामा भक्तपुरको सूर्यविनायक नगरपालिका–९, काँक्राबारीका २४ वर्षीय साजन तामाङ र रामेछापको मन्थली नगरपालिका–११ निवासी, हाल काभ्रेको पनौती बस्दै आएका ३९ वर्षीय टिकाराम श्रेष्ठ घाइते भएका छन्। श्रेष्ठलाई उपचारपछि डिस्चार्ज गरिएको छ भने तामाङलाई थप उपचारका लागि मध्यपुर अस्पताल, ठिमी पठाइएको छ।

    यसैबीच, दुर्घटनामा संलग्न बसका चालक, काभ्रेको पनौती नगरपालिका–७ निवासी ५२ वर्षीय पुरुषोत्तम फाची श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओली : ‘सिंगै नेपाल र कर्णाली बन्दैछन्, सबैको योगदान जरूरी

    काठमाडौं, भदौ ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगै नेपाल समृद्ध बनाउने लक्ष्यका लागि सबै...

    मिटरब्याज धन्दामा संलग्न कविराज कटुवाल पक्राउ

    ललितपुर, भदौ ५ – थोरै लगानीमा उच्च ब्याज असुल्ने ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोपमा सिन्धुपाल्चोक...

    मधेशमा प्रभावकारी विद्युत् आपूर्तिका लागि मन्त्री खड्काको निर्देशन

    काठमाडौं, भदौ ५ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेश प्रदेशमा प्रभावकारी र...

    गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा संलग्न अर्काको पनि निधन

    गोरखा, भदौ ५ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका...

    सदस्यता विवादबीच पूर्व राष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : “म एमालेकै कार्यकर्ता हुँ”

    काठमाडौँ, भदौ ५ – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक यात्रा र पार्टीप्रतिको निष्ठाबारे स्पष्ट...