News Portal

  • रुपन्देहीमा महिलाको शव फेला, हत्याको आशंका

    रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा एक महिलाको शव फेला परेको छ।

    संगीता गुरुङ
    १९७ पटक

    फाल्गुन ८, रुपन्देही – रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान दाङ लमही नगरपालिका–७ की ४५ वर्षीया संगिता चौधरीको रूपमा गरिएको छ।

    प्रहरीका अनुसार चौधरीको शव सडक किनारमा परालले छोपिएको अवस्थामा भेटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउकोमा ढुंगाले प्रहार गरिएको देखिएकोले हत्या गरिएको हुनसक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए।

    स्थानीय बासिन्दाले बिहीबार बिहान करिब ११:३० बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाका दोषीको पहिचान हुन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...

    धादिङका एलिजर तामाङ फागुन २१ को संघीय चुनावमा उम्मेदवार दिने

    धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते...

    आज २०८२ साल मंसिर २४ गतेको राशिफल

    आज मंसिर २४, २०८२ (डिसेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...