News Portal

आजदेखि काठमाडौंका सात स्थानमा एकतर्फी सडक व्यवस्था लागू

काठमाडौंको ट्राफिक व्यवस्थापनलाई थप सुसंगत बनाउन ७ स्थानका प्रमुख सडकहरू आजदेखि एकतर्फी (वान-वे) बनाइएका छन्।

संगीता गुरुङ
२८९ पटक

काठमाडौं, ७ फागुन – काठमाडौंको ट्राफिक व्यवस्थापनलाई थप सुसंगत बनाउन ७ स्थानका प्रमुख सडकहरू आजदेखि एकतर्फी (वान-वे) बनाइएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार एक सूचना जारी गर्दै यी सडकहरूलाई एकतर्फी बनाएको जानकारी दिएको छ।

यस निर्णयसँगै निम्नलिखित सडकहरूमा परिवर्तन गरिएका छन्:

१. का.म.न.पा. वडा नं.५ अन्तर्गत थटु मार्गबाट वडा नं.५ कार्यालयतर्फ (भीमसेन मार्ग र हात्ती महाँकाल मार्ग) मात्र सवारी साधनहरूको आवागमन हुनेछ।

२. विशालनगरबाट आउने सवारीलाई भिमसेन मार्ग मार्फत वडा नं.५ कार्यालयतर्फ जान निषेध गरिनेछ र उनीहरूलाई हात्ती महाँकाल तर्फ मात्र जाने व्यवस्था गरिएको छ।

३. हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सवारीहरूको प्रवेश निषेध गरि थटु मार्गतर्फ पठाइनेछ।

४. नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनलाई वडा नं.५ कार्यालयबाट थटु मार्गतर्फ प्रवेश गर्न निषेध गरिएको छ र ती सवारीहरूलाई भिमसेन मार्गतर्फ पठाइनेछ।

५. ढुङ्गेधाराबाट हात्ती महाँकाल तर्फ गाडीहरूको प्रवेश निषेध गरिनेछ।

६. वडा नं.५ को कार्यालयको दक्षिणतर्फबाट गहना पोखरी तर्फ सवारीहरूको आवागमन बन्द गरिएको छ।

७. बालमन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फ मात्र गाडीहरू प्रवेश गर्न पाउने छन् र टंगालबाट आवागमन निषेध गरिनेछ।

यस परिवर्तनले काठमाडौंको सडक यातायातलाई थप व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...