News Portal

मुस्लिम संघको प्रश्न : कम्युनिष्ट सरकारमा मुस्लिममाथि किन श्रृङ्खलावद्ध आक्रमण हुन्छ ?

हिमाली संचार संवाददाता
६६९ पटक

सुनसरी : नेपाल मुस्लिम संघले कम्युनिष्ट नेतृत्वको सरकार गठन भएपछि मुस्लिम समुदायमाथि श्रृङ्खलावद्ध ढंगबाट आक्रमण हुन थालेकोमा चिन्ता व्यक्त गर्दै जनताको जीउधनको सुरक्षा गर्न नसकेकोले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेको छ।

सुनसरीको दुहबीमा फेदा हुसेनको मंसीर ५ गते गोली हानी हत्या गरिएको घटनाप्रति निन्दा गर्दै संघले सुरक्षाका सवालमा गृहमन्त्री रामबहादुर थापा पूर्णतः असफल भएको ठहर गरेको छ। उसले भनेको छ,‘यस्तो अबस्थामा गृहमन्त्रीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनु पर्दछ।

संघका तर्फबाट अध्यक्ष अब्दुल सत्तारले बिहीबार एक बिज्ञप्ति जारी गर्दै भनेका छन्‘ नेपालमा जब जब कम्युनिष्ट नेतृत्वको सरकार गठन हुन्छ, त्यसपछि मुस्लिम सुमदायमाथि आक्रमण हुने गरेको छ।’ यस किसिमका घटनाप्रति कत्ति पनि गम्भीर नदेखिनुले कम्युनिष्ट सरकारप्रति मुस्लिम समुदाय थप सशंकित भइरहेको बिज्ञप्तिमा उल्लेख छ।

नेपाली काँग्रेस लगायत विभिन्न राजनीतिक दलमा आवद्ध मुस्लिम अगुवामात्र होइन, आमजनता समेत जीउ ज्यानको सुरक्षाप्रति चिन्तित भई आन्दोलनमा उत्रिएपछि दुहवी नगरपालिका तनावग्रस्त हुँदा समेत सरकार गम्भीर नभएको सत्तारले बताएका छन्।

संघले घटनाका सम्बन्धमा अविलम्ब छानवीन समिति गठन गरी दोषी पत्ता लगाएर कडाभन्दा कडा कारवाही गर्न, मृतकलाई शहिद घोषणा गरी परिवारजनलाई क्षतिपूर्ति दिन, नेपाल विद्युत प्राधिकरणमा हुसेनको परिवारका एकजना सदस्यलाई स्थायी सरकारी जागिरको व्यवस्था गर्न तथा देशभरका मुस्लिम समुदायको जिउ ज्यानको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...