News Portal

पोखरामा बेलुन विस्फोट: भारतीय नागरिक पक्राउ

पोखरामा भएको बेलुन विस्फोट घटनामा संलग्न रहेको आशंकामा एक भारतीय नागरिक पक्राउ परेका छन्।

संगीता गुरुङ
२९२ पटक

७ फागुन, पोखरा – पोखरामा भएको बेलुन विस्फोट घटनामा संलग्न रहेको आशंकामा एक भारतीय नागरिक पक्राउ परेका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने व्यक्ति भारतीय नागरिक कमलेशकुमार हुन्।

प्रहरीका अनुसार ३ फागुनमा पोखरामा आयोजित ‘भ्रमण वर्ष २०२५’ को उद्घाटन समारोहका लागि प्रयोग गरिएका बेलुन उनै कमलेशकुमारले बेचेका थिए। ती बेलुनहरू हाइड्रोजन ग्यासले भरिएका थिए। समारोहको क्रममा बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट निस्किएको झिल्को लाग्दा बेलुन विस्फोट भएको थियो।

विस्फोटका कारण अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। दुबै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो। अर्थमन्त्री पौडेललाई अस्पतालले डिस्चार्ज गरिसकेको छ भने मेयर आचार्यको उपचार जारी छ।

यस घटनाबारे थप अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा एक छानबिन समिति गठन गरिएको छ। तर, पक्राउ परेका कमलेशकुमारमाथि कुन कानुनी कारबाही अघि बढाइने भन्ने विषयमा प्रहरी अन्योलमा रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...