News Portal

भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर, दुई पदमा आवेदन खुला

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले विभिन्न पदका लागि नयाँ कर्मचारीको माग गरेको छ।

संगीता गुरुङ
१५८ पटक

काठमाडौं, फागुन ७ – इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले विभिन्न पदका लागि नयाँ कर्मचारीको माग गरेको छ। कम्पनीले पानीपोखरी शाखाका लागि दुई जना एरिया सेल्स रिप्रेजेन्टेटिभ तथा जावलाखेल शाखाका लागि एक जना सेल्स एण्ड बिलिङ सुपरभाइजर पदमा आवेदन खुला गरेको छ।

आवश्यक योग्यता

सेल्स एण्ड बिलिङ सुपरभाइजर पदका लागि व्यवस्थापन वा मार्केटिङ विषयमा स्नातक तह उत्तीर्ण गरेका तथा इन्टरनेट सेवा प्रदायक (ISP) कम्पनीमा सुपरभाइजरको अनुभव भएका उम्मेदवार योग्य मानिनेछन्।

यस्तै, एरिया सेल्स रिप्रेजेन्टेटिभ पदका लागि एसएलसी वा +2 उत्तीर्ण गरेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। यस पदमा फ्रेशर उम्मेदवारले पनि अवसर पाउनेछन्।

आवेदनको समयसीमा

सेल्स एण्ड बिलिङ सुपरभाइजर पदका लागि इच्छुक उम्मेदवारले फागुन १६ गतेसम्म आवेदन दिनुपर्नेछ भने एरिया सेल्स रिप्रेजेन्टेटिभ पदका लागि आवेदन चैत ४ गतेसम्म खुला रहनेछ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...