News Portal

प्रकृति लम्साल प्रकरण: हिरासतमा अड्विक, कलेज प्रशासनमाथि लापरबाहीको आरोप

भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधन प्रकरणमा अड्विक श्रीवास्तवलाई भुवनेश्वर प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२९४ पटक

काठमाडौं, ६ फागुन – भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधन प्रकरणमा अड्विक श्रीवास्तवलाई भुवनेश्वर प्रहरीले पक्राउ गरेको छ। उनलाई लम्साललाई आत्महत्या गर्न उक्साएको आरोपमा न्यायिक हिरासतमा राखिएको छ।

अनुसन्धानलाई थप प्रमाणसहित अघि बढाउन प्रहरीले श्रीवास्तवको मोबाइल जफत गरेको छ। साथै, मृतक प्रकृतिको मोबाइल, ल्यापटप, र एक डायरी समेत नियन्त्रणमा लिई डिजिटल प्रमाण संकलन प्रक्रिया अघि बढाइएको छ।

२० वर्षीया लम्साल आइतबार अपराह्न होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि अभियुक्त श्रीवास्तव कोलकाता भाग्ने प्रयासमा रहेका बेला विमानस्थलबाट पक्राउ परेका थिए। उनी सोही कलेजमा बि-टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत थिए।

प्रकृतिको निधनपछि न्यायको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरिरहँदा कलेज प्रशासनले त्यसलाई दमन गर्न खोजेको आरोप लागेको छ। यसले घटनालाई थप जटिल बनाएको छ।

यो मुद्दाले नेपालको प्रतिनिधिसभादेखि भारतको ओडिसा विधानसभासम्म चासो बढाएको छ। ओडिसाका सांसद्हरूले कलेज प्रशासनको लापरबाहीका कारण अन्तर्राष्ट्रिय स्तरमै ओडिसाको छविमा नकारात्मक असर परेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...