News Portal

प्रकृति लम्साल प्रकरण: हिरासतमा अड्विक, कलेज प्रशासनमाथि लापरबाहीको आरोप

भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधन प्रकरणमा अड्विक श्रीवास्तवलाई भुवनेश्वर प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
३९६ पटक

काठमाडौं, ६ फागुन – भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधन प्रकरणमा अड्विक श्रीवास्तवलाई भुवनेश्वर प्रहरीले पक्राउ गरेको छ। उनलाई लम्साललाई आत्महत्या गर्न उक्साएको आरोपमा न्यायिक हिरासतमा राखिएको छ।

अनुसन्धानलाई थप प्रमाणसहित अघि बढाउन प्रहरीले श्रीवास्तवको मोबाइल जफत गरेको छ। साथै, मृतक प्रकृतिको मोबाइल, ल्यापटप, र एक डायरी समेत नियन्त्रणमा लिई डिजिटल प्रमाण संकलन प्रक्रिया अघि बढाइएको छ।

२० वर्षीया लम्साल आइतबार अपराह्न होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि अभियुक्त श्रीवास्तव कोलकाता भाग्ने प्रयासमा रहेका बेला विमानस्थलबाट पक्राउ परेका थिए। उनी सोही कलेजमा बि-टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत थिए।

प्रकृतिको निधनपछि न्यायको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरिरहँदा कलेज प्रशासनले त्यसलाई दमन गर्न खोजेको आरोप लागेको छ। यसले घटनालाई थप जटिल बनाएको छ।

यो मुद्दाले नेपालको प्रतिनिधिसभादेखि भारतको ओडिसा विधानसभासम्म चासो बढाएको छ। ओडिसाका सांसद्हरूले कलेज प्रशासनको लापरबाहीका कारण अन्तर्राष्ट्रिय स्तरमै ओडिसाको छविमा नकारात्मक असर परेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...