News Portal

  • बिदेश पठाउने भन्दै १ करोड ८५ लाख ठगी गर्ने रण बहादुर पक्राउ, राजन गुरुङ फरार

    हिमाली संचार संवाददाता
    ६३३ पटक

    सन्तोष गौतम
    काठमाडौं : वैदेशिक रोजगारीमा आर्कषक पारिश्रमिक सहित टर्की पठाउँछु भन्दै झापा, मोरङ, इलाम, सुनसरी, उदयपुरका ६० युवा ठगीएका छन । सुनसरी मधुवन–३ का राजन गुरुङ र इलाम नयाँबजारका रण बहादुर गुरुङले आफुहरुले टर्की पाठउने र टर्कीमा अर्कषक तलब पाइने आस्वासन देखाउँदै ति युवाहरु संग जनही दुई लाख ५० हाजार देखी ३ लाख सम्म रकम लिएको पिडित मध्येका मोरङ मधुमल्लाका कमल मिश्रले बताए ।

    यसरी ठगीमा पर्नेहरुमा खेम बस्नेत, नगेन्द्र कुमार कुँवर, रोहन साहा, दिपेन राई, मोरङ मधुमल्लाका, रमेश कार्की पाँचथर, हरी पुढाथोकी उदयपुर, याम दाहाल, इलामका चन्द्र दाहाल लगायतका ६० बढी युवा ठगिमा परेको इलामका चन्द्र दाहालले बताए ।

    बिदेश लैजान्छु भन्ने राजन गुरुङ हाल सम्पर्क बिहीन रहेको र इलामका अर्का रण बहादुर गुरुङलाई भने ठगीमा परेका युवाहरुले खोजी गरी महाँनगरीय प्रहरी परिसर गौशालमा बुझाईको ठगीमा परेका युवा दिपेन राईले बताए ।

    उनिहरुले आफ्नै मेनपावर छ भन्दै आफ्नै मेनपावर बाट टर्की लगायत कोरीया पठाउने भन्दै रकम असुलेको पिडितहरुले बताएका छन । हाल पक्राउ परेका राण बहादुर गुरुङले भने सम्पुर्ण कामको जिम्मा राजन गुरुङले लिएको भन्दै आफु फुत्कीन खोजेको पिडीतले बताए ।

    साहु काडेर बिदेश जानकै लागि २ लाख ५० हजार ऋण लिए अब न साउँ न व्याज भयो अब कसरी साहु तिर्ने उदयपुरका हरि बुढाथोकीले भने । यसै बिच महाँनगरिय प्रहरी परिसर गौसालाले नियन्त्रणमा लिई थप अनुसन्धान र आवस्यक कार्वा्हिका लागी बिर्तामोड पाठाईएको गौसाला प्रहरिका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए ।

    टर्की जान भनी घरपरिवारसंग विदाबारी भई घरबाट हिँडेका युवाहरु काठमाण्डो पुगेर अलपत्र परेका छन । घर फर्कने समेत पैसा नभएको र साथै भोकभोकै अलपत्र परेको पिडीत हसन्दह मोरङका भुपेन्द्र कुँवरले बताएको मधुमल्लाअनलाइनले समाचार लेखेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...

    एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि...

    गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

    इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने...