बिदेश पठाउने भन्दै १ करोड ८५ लाख ठगी गर्ने रण बहादुर पक्राउ, राजन गुरुङ फरार
सन्तोष गौतम
काठमाडौं : वैदेशिक रोजगारीमा आर्कषक पारिश्रमिक सहित टर्की पठाउँछु भन्दै झापा, मोरङ, इलाम, सुनसरी, उदयपुरका ६० युवा ठगीएका छन । सुनसरी मधुवन–३ का राजन गुरुङ र इलाम नयाँबजारका रण बहादुर गुरुङले आफुहरुले टर्की पाठउने र टर्कीमा अर्कषक तलब पाइने आस्वासन देखाउँदै ति युवाहरु संग जनही दुई लाख ५० हाजार देखी ३ लाख सम्म रकम लिएको पिडित मध्येका मोरङ मधुमल्लाका कमल मिश्रले बताए ।
यसरी ठगीमा पर्नेहरुमा खेम बस्नेत, नगेन्द्र कुमार कुँवर, रोहन साहा, दिपेन राई, मोरङ मधुमल्लाका, रमेश कार्की पाँचथर, हरी पुढाथोकी उदयपुर, याम दाहाल, इलामका चन्द्र दाहाल लगायतका ६० बढी युवा ठगिमा परेको इलामका चन्द्र दाहालले बताए ।
बिदेश लैजान्छु भन्ने राजन गुरुङ हाल सम्पर्क बिहीन रहेको र इलामका अर्का रण बहादुर गुरुङलाई भने ठगीमा परेका युवाहरुले खोजी गरी महाँनगरीय प्रहरी परिसर गौशालमा बुझाईको ठगीमा परेका युवा दिपेन राईले बताए ।
उनिहरुले आफ्नै मेनपावर छ भन्दै आफ्नै मेनपावर बाट टर्की लगायत कोरीया पठाउने भन्दै रकम असुलेको पिडितहरुले बताएका छन । हाल पक्राउ परेका राण बहादुर गुरुङले भने सम्पुर्ण कामको जिम्मा राजन गुरुङले लिएको भन्दै आफु फुत्कीन खोजेको पिडीतले बताए ।
साहु काडेर बिदेश जानकै लागि २ लाख ५० हजार ऋण लिए अब न साउँ न व्याज भयो अब कसरी साहु तिर्ने उदयपुरका हरि बुढाथोकीले भने । यसै बिच महाँनगरिय प्रहरी परिसर गौसालाले नियन्त्रणमा लिई थप अनुसन्धान र आवस्यक कार्वा्हिका लागी बिर्तामोड पाठाईएको गौसाला प्रहरिका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए ।
टर्की जान भनी घरपरिवारसंग विदाबारी भई घरबाट हिँडेका युवाहरु काठमाण्डो पुगेर अलपत्र परेका छन । घर फर्कने समेत पैसा नभएको र साथै भोकभोकै अलपत्र परेको पिडीत हसन्दह मोरङका भुपेन्द्र कुँवरले बताएको मधुमल्लाअनलाइनले समाचार लेखेको छ।

















