News Portal

ओडिसामा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु, परिवारले उच्चस्तरीय छानबिनको माग

ओडिसामा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु पछि परिवारले उच्चस्तरीय छानबिनको माग गरेका छन्।

संगीता गुरुङ
२४० पटक

बुटवल, ६ फागुन – भारतको ओडिसामा अध्ययनरत भैरहवाकी २१ वर्षीया प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनाले सिंगो भैरहवा शोकमा डुबेको छ। ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति आइतबार साँझ होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्।

मृत्युअघि मात्र २० मिनेटअघि उनले काठमाडौंमा रहेकी आमा सरितासँग कन्सर्टमा गएको खुसी साट्दै कुराकानी गरेकी थिइन्। उक्त कुराकानीपछि अचानक आएको मृत्युको खबरले परिवारमा शोकको छाया छाएको छ। उनकी आमा सरिता बेहोस भएकी छन् भने बुबा सुनिल घटनास्थलतर्फ प्रस्थान गरेका छन्।

प्रकृतिका मामा शिव पोखरेलले घटनामा सहपाठी एडविक श्रीवास्तवको संलग्नता रहेको आशंका गरेका छन्। उनका अनुसार, श्रीवास्तवले मानसिक तनाव (ह्यारेसमेन्ट) दिएको कारणले नै घटनाको रूप लिएको हुनसक्छ। उनले सरकारले विज्ञप्ति मात्र निकालेर नपुग्ने भन्दै उच्चस्तरीय छानबिन गरी दोषीलाई कडा सजायको माग गरेका छन्।

प्रकृतिको मृत्युपछि त्यहाँ अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूमाथि पनि विश्वविद्यालय प्रशासनले अपमानजनक व्यवहार गरेको आरोप लागेको छ। विश्वविद्यालयका केही व्यक्तिले “नेपाली विद्यार्थीहरू भारतमा निःशुल्क पढिरहेका छन्” भन्दै तिरस्कारपूर्ण टिप्पणी गरेको पोखरेलले बताएका छन्।

घटनापछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले विश्वविद्यालयका प्रतिनिधिहरूसँग छलफल गरी नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ। दूतावासको पहलमा विश्वविद्यालयले विद्यार्थीहरूलाई पुनः होस्टलमा फर्कन अनुमति दिएको छ।

भारतीय प्रहरीले एडविक श्रीवास्तवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। जानकारी अनुसार, यसअघि पनि प्रकृतिले श्रीवास्तवविरुद्ध विश्वविद्यालयमा उजुरी गरेकी थिइन्, तर प्रशासनले बेवास्ता गरेको आरोप छ।

प्रकृतिको मृत्युपछि भैरहवामा शोकको वातावरण छाएको छ। नेपाली विद्यार्थीहरूले काठमाडौको लैनचौरस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरूले मृतक परिवारलाई न्याय दिलाउन र दोषीलाई कडा सजायको माग गरेका छन्।

घटनाले नेपाल–भारतबीचको शैक्षिक सम्बन्धमा असर पार्ने देखिएको छ। मृतक परिवारले दोषीलाई कानूनी कठघरामा ल्याई न्याय दिलाउन नेपाल सरकारसँग आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...