News Portal

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य स्थिर

सुनको भाउमा आज वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

संगीता गुरुङ
२८४ पटक

काठमाडौं, फागुन ६ – सुनको भाउमा आज वृद्धि भएको छ। मंगलबार तोलामा ६ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ६९ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। योसँगै कात्तिक १५ गतेको हालसम्मकै उच्च मूल्य १ लाख ७१ हजार रुपैयाँको रेकर्डसँग नजिक पुगेको छ।

यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिनको जस्तै प्रतितोला १ हजार ९७० रुपैयाँमै चाँदीको कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...