News Portal

कोरियाली सिनेमा की युवा अभिनेत्री किम से-रोनको आकस्मिक निधन

दक्षिण कोरियाली अभिनेत्री किम से-रोनको २४ वर्षको उमेरमा निधन भएको छ।

संगीता गुरुङ
२८१ पटक

फाल्गुन ५, सोल – दक्षिण कोरियाली अभिनेत्री किम से-रोनको २४ वर्षको उमेरमा निधन भएको छ। फेब्रुअरी १६, २०२५ मा सोलको सिओङदोङ क्षेत्रमा स्थित उनको घरमा मृत अवस्थामा भेटिएकी थिइन्।

किमले आफ्नो करियर बाल कलाकारको रूपमा २००१ मा सुरु गरेकी थिइन् र २००९ मा ‘अ ब्रान्ड न्यू लाइफ’ फिल्मबाट अभिनयमा पाइला राखेकी थिइन्। २०१० मा वोन बिनको फिल्म ‘द म्यान फ्रॉम नोह्वेर’ बाट उनी प्रमुख चर्चामा आएकी थिइन्।

तर, किमको जीवनमा केही विवाद पनि आएका थिए। २०२२ मा रक्सी सेवन गरेर कार चलाएको कारण उनकी चालक अनुमति पत्र रद्द गरिएको थियो र उनले माफी पनि मागेकी थिइन्। त्यसैगरी, २०२३ को अप्रिलमा उनलाई २ करोड वन जरिवाना तिरिएको थियो। आर्थिक संकटका कारण उनले एक क्याफेमा काम सुरु गरेकी थिइन्।

किम हालै नेटफ्लिक्सको ‘ब्लडहाउन्ड्स’ शृङ्खलामा देखिएकी थिइन्। यद्यपि, उनले अभिनीत फिल्म ‘गितार म्यान’ अहिले पोस्ट प्रडक्शनको अवस्थामा छ भने, आफ्नै क्याफे खोल्ने तयारी पनि गरेको बताइन्छ।

किमको निधनले कोरियाली मनोरञ्जन उद्योगमा ठूलो शोक व्यक्त गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...