News Portal

कोरियाली सिनेमा की युवा अभिनेत्री किम से-रोनको आकस्मिक निधन

दक्षिण कोरियाली अभिनेत्री किम से-रोनको २४ वर्षको उमेरमा निधन भएको छ।

संगीता गुरुङ
२३६ पटक

फाल्गुन ५, सोल – दक्षिण कोरियाली अभिनेत्री किम से-रोनको २४ वर्षको उमेरमा निधन भएको छ। फेब्रुअरी १६, २०२५ मा सोलको सिओङदोङ क्षेत्रमा स्थित उनको घरमा मृत अवस्थामा भेटिएकी थिइन्।

किमले आफ्नो करियर बाल कलाकारको रूपमा २००१ मा सुरु गरेकी थिइन् र २००९ मा ‘अ ब्रान्ड न्यू लाइफ’ फिल्मबाट अभिनयमा पाइला राखेकी थिइन्। २०१० मा वोन बिनको फिल्म ‘द म्यान फ्रॉम नोह्वेर’ बाट उनी प्रमुख चर्चामा आएकी थिइन्।

तर, किमको जीवनमा केही विवाद पनि आएका थिए। २०२२ मा रक्सी सेवन गरेर कार चलाएको कारण उनकी चालक अनुमति पत्र रद्द गरिएको थियो र उनले माफी पनि मागेकी थिइन्। त्यसैगरी, २०२३ को अप्रिलमा उनलाई २ करोड वन जरिवाना तिरिएको थियो। आर्थिक संकटका कारण उनले एक क्याफेमा काम सुरु गरेकी थिइन्।

किम हालै नेटफ्लिक्सको ‘ब्लडहाउन्ड्स’ शृङ्खलामा देखिएकी थिइन्। यद्यपि, उनले अभिनीत फिल्म ‘गितार म्यान’ अहिले पोस्ट प्रडक्शनको अवस्थामा छ भने, आफ्नै क्याफे खोल्ने तयारी पनि गरेको बताइन्छ।

किमको निधनले कोरियाली मनोरञ्जन उद्योगमा ठूलो शोक व्यक्त गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...